पर्वत – अफ्रिकन स्वाईन फिवर लगायत महामारी रोगवाट क्षति व्यहोेरेका पर्वतका बंगुरपालक कृषकलाई क्षतिपुर्ति स्वरुप अनुदान वितरण गरिने भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले जिल्लाका १९ वटा बंगुरपालन फार्मलाई आर्थिक सहयोग उपलव्ध गराउने भएको हो । पशपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशको व्यवासायिक विकास सहयोग कार्यक्रम अन्तर्गत पिडित कृषकहरुलाई अनुदान वितरण गर्न थालिएको छ । सवै फार्मलाई गरी रु. १३ लाख रुपैया वितरण गर्न थालिएको केन्द्रले जनाएको छ ।
कार्यालयले यस अघिनै महामारीवाट क्षति व्यहोर्नुभएका कृषकहरुलाई अनुदानका लागि आवेदन दिन आव्हान गरेको थियो । सोहि सुचना अन्तर्गत आवेदन परेका जिल्लाभरका १९ वटा फार्मलाई अनुदान उपलव्ध गराउनका लागि छनौट गरिएको हो ।
महामारीका कारण पर्वतका १९ वटा व्यावसायिक बंगुरपालन फार्ममा पालिएका तीन सय २५ वटा बंगुर मरेका थिए । कृषकहरुलाई क्षतिको आधारमा न्यूनतम रु. ४० हजारदेखि रु. एक लाख २० हजार रुपैया सम्म वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले जानकारी दिनुभयो ।
कार्यालयले गत शुक्रवार सुचना जारी गरेर १५ दिन भित्र अनुदान भुक्तानी लिन आउनका लागि पिडित कृषकहरुलाई आग्रह गरेको छ । कार्यालयका अनुसार कुश्मा नगरपालिकाका सात वटा बंगुर पालन फार्म, मोदी गाउँपालिकाका पाँच, फलेवास नगरपालिकाको एक, जलजला गाउँपालिकाका तीन र पैंयुँ गाउँपालिकाका तीनवटा फार्मका बंगुर मरेका थिए ।
सवैभन्दा बढि चार वटा फार्ममा ३०/३० वटा बंगुर मरेका थिए भने अन्य फार्ममा न्यूनतम १० देखि २५ वटा सम्म बंगुर मरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । समग्रमा प्रति बंगुर रु. चार हजार रुपैयाका दरले अनुदान उपलव्ध गराउन थालिएको पौडेलले बताउनुभयो । उहाँका अनुसार यो अनुदानवाट कृषकको पुरै लगानी परिपुर्ति नभएपनि उनिहरुको व्यावसायलाई निरन्तरता दिनका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले अनुदान दिन थालिएको हो ।
महामारीका बेला पनि कार्यालयले कृषकहरुलाई औषधी, प्राविधिक सल्लाह तथा भ्याक्सिन सहयोग गरेको थियो । ढिलोगरी उक्त रोगको भ्याक्सिन पत्ता लागेकाले पनि धेरै क्षति व्यहोर्नुपरेको कृषकहरुले गुनासो गरेका थिए ।






