पर्वत – पर्वतको कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम लाई बाँझो जमिन उपयोग गर्ने तर्फ केन्द्रित गरेको छ । विगतका वर्षमा झारपात गोडमेल र सडक मर्मत गरेर मात्रै बजेट सकिएको गुनासो आउने गरेको थियो ।
कुश्मा नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार कुश्मा नगरपालिकाले वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको २०० रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचिकृत बेरोजगार व्यक्तिहरुलाइ कोदो र मकै खेती मार्फत रोजगारी प्रदान गरिएको छ ।
एकातिर यूवालाई रोजगारी हुने र अर्को तर्फ बाँझो जमिनमा अन्नपात उव्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको सुबेदीले बताउनुभयो । राज्यले प्रदान गरेको शसर्त अनुदानलाई स्थानीय तहले उद्धेश्य अनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादीत कृषी उपजको बिक्री बितरण गरी पालिकाको आन्तरीक आय बृद्धिका लागी यो अवधारणा तर्जुमा गरिएको सुबेदीले बताउनुभयो ।
कुश्मा नगरपालिकाका नगर प्रमुख राम्चन्द्र जोशी ले पालिकाकको निति तथा कार्यक्रम अनुसार यो कार्यको थालनी भएको बताउनुभयो । उहाँले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रमले बाँझो रहेको जमिनमा उव्जनी हुने आशामा रहेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीको लागी रुपान्तरण पहल आयोजनाले ७५३ वटै पालिकामा रोजगार सिर्जना शिर्सकमा प्रतेक आर्थिक वर्षमा शसर्त अनुदान प्रदान गर्दै आएको छ।
कार्यक्रम कार्यन्वयनको क्रममा कही कतै कार्यक्रमको औचित्यता र परिणाम माथी प्रश्न उठे पनि पर्वतको कुश्मा नगरपलिकाले यस कार्यक्रमको उद्धेश्य अनुरुप र थप परिस्कृत ढङ्गले सञ्चालन गर्न सुरुवात गरेको जोशीले बताउनुभयो ।






