कुश्मा-मुडिकुवा पुलवाट भिरमा खसेका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार - News site from Nepal

पर्वत, २१ चैत –  पर्वत सदरमुकाम कुश्मामा रहेको कुश्मा-मुडिकुवा अग्लो पुलवाट भिरमा खसेका एक युवाको सशस्त्र प्रहरीले सकुसल उद्धार गरेको छ ।

मंगलवार राती साढे ८ बजेको समयमा पुलवाट खसेर भीरमा अड्कीएका गुल्मी जिल्ला घर बताउने ४२ वर्षिय सुरेश गुरुङलाई सशस्त्र पहरी बल २५ नम्वर गण चण्डिका पर्वतका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापाको नेतृत्वमा गएको टोलीले सकुसल उद्धार गरेको हो । उनि करिब पुलभन्दा ७० मिटर तल भिरमा अड्किएका थिए । पुलमा यात्रा गरेका यात्रुहरुले मानिस खसेको जानकारी गराएपछि थापाको नेतृत्वमा पुगेको टोलीले तत्काल उद्धार गरेर अस्पताल ल्याएको थियो ।

घाइते अवस्थामा उद्धार गरिएका गुरुङको पर्वत अस्पतालका उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार पुलबाट खस्ने युवाले मदिरा सेवन गरेको र मानसिक असन्तुलन रहेको पाईएको र  उनको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!