पर्वतको लिमिठानाबाट गोठमा पसेको चितुवा नियन्त्रणमा - News site from Nepal
पर्वतको लिमिठानाबाट गोठमा पसेको चितुवा नियन्त्रणमा

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. ७ लिमिठानावाट चितुवा नियन्त्रणमा लिईएको छ ।
स्थानीय रामेश्वरी पन्तको गोठमा बाख्रा खानका पसेको चितुवा नियन्त्रणमा बुधवार विहान लिईएको हो । बुधवार विहान साढे तीन बजेतिर गोठमा पसेको चितुवालाई साढे १० बजे नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय, स्थानीयवासी र फलेवास प्रहरी चौकीवाट पुगेको प्रहरीको टोलीले नियन्त्रणमा लिन नसकेपछि पोखरावाट बोलाईएको उद्धार टोलीले सकुसल खोरमा राखेर नियन्त्रणमा लिन सफल भएको हो । कास्की स्थित पचभैया जिओलोजिकल पार्कको विज्ञ समुहले चितुवा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको चितुवा पर्वत, कास्की र स्याङ्जाका सिमानामा अवस्थित पञ्चासे क्षेत्रमा लगेर छाडिएको विकले बताउनुभयो । उक्त चितुवा ४/५ वर्ष उमेरको जस्तो देखिन्छ ।
चितुवाले पन्तको गोठमा रहेका तीनवटा कुखुरा मारेको छ भने १ बाख्रा गम्भीर घाईते भएको सहायक वन अधिकृत विकले जानकारी दिनुभयो । चितुवा गोठमा छिरेको थाहा पाएपछि स्थानीयवासीले छेकेर बाहिर निस्कन नदिएका कारण नियन्त्रणमा लिन सकिएको हो । लिमिठानामा केहि समय यता चिुतवाले आतंक मच्चाउँदै आएको स्थानीय जिदुरभुषण क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!