पर्वत- ब्यावसायिक रुपमा कृषि पेशामा लागेका फलेवास नगरका कृषकहरुलाई फलेबास नगर स्तरिय कृषि संजालले सहजीकरण गर्दै आएको छ ।
कृषकहरुलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराई उत्पादनमा बृद्धि गर्नुका साथै बजारीकरणमा समेत टेवा पुर्याउने उद्धेश्यले संजाल सक्रिय बनेको हो ।
सञ्जालले बिगतका बर्ष देखिनै फलेबासका किसानका लागि आवश्यक विभिन्न यन्त्र उपकरण उपलव्ध गराउँदै आएको छ । स्थानीय फलेवास नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लगायतका संस्थासँगको सहकार्यमा सञ्जालले कृषकका लागि आवश्यक केरेट, विभिन्न फलफुलका बिरुवा, टिमुरका बिरुवा, १५ थान मिनिटेलर, ३१ थान टनेल प्लास्टिक ४० थान त्रिपाल २० थान स्पेरे मेसिन वितरण गरेको सञ्जालका अध्यक्ष बिनोद भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना धान जोन कार्यालय मार्फत २३ थान डिजिटल काटा , २ सय ५० थान केरेट, कृषि ज्ञान केन्द्रमार्फत फलफुलका बिरुवा, डिभिजन बन कार्यालयमार्फत टिमुर ,आँप, कटर ,अम्बा लगायतलको विरुवा उपलव्ध गराईएको हो ।
कृषक पेन्सन ब्यवास्था, उत्पादित बस्तुको बजार ग्यारेन्टी, कृषक परिचय पत्र, उत्पादन आधारमा अनुदान लगाएतका बिषयमा समेत सञ्जालले आवाज उठाउदै आइरहेको छ ।
फलेवासका किसानका समस्या पहिचान गरि समाधान गर्ने लागि सम्बन्धि निकायसंग परामर्श गरि समाधान गर्दै आएको संयोजक भुसालले बताउनुभयो । विभिन्न प्रकृतिका किसानलाई व्यावसायिक विकास सम्वन्धि तालिम समेत सञ्जालले संचालन गर्दै आएको छ । तिनै तहका सरकारसंग फलेबास कृषि संजालले पुलको काम गर्दै आईरहेको उहाँले बताउनुभयो ।
२०७७ सालमा स्थापना भएको संजालले कृषि बिमा, कृषि लोन लगायतमा सहकार्य गरि किसानलाई सहयोग गर्दै आईरहेको उहाँले बताउनुभयो ।






