महाशिलामा महिलाहरुका लागि उद्घोषण तथा भाषणकला तालिम संचालन - News site from Nepal

पर्वत- पर्वतको महाशिला गाउँपालिकामा महिला सशक्तिकरणका लागि उद्घोषण तथा भाषणकला तालिम संचालन गरिएको छ ।
स्थानीय महेन्द्र ज्योति सामुदायिक सिकाई केन्द्र महाशिला ५ लुंखुको आयोजना तथा गाउँपालिकाको सहयोगमा तालिम संचालन गरिएको हो ।
चार दिनसम्म संचालन हुने तालिमको शनिवार महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले उद्घाटन गर्नुभयो । उदघाट्न कार्यक्रममा बोल्दै भुसालले यस तालिमले महिला दिदीबहिनीहरुको नेतृत्व तथा क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताउँदै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । भुषालले महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिने उदेश्यले गरिएको कार्यक्रमबाट आफू खुशी भएको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा महिलाहरुको उपस्थिति बढाउन आवश्यक रहेकोमा जोड दिँदै महिला लक्षित कार्यक्रममा गाउँपालिका मार्फत आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा विश्वकर्मा, महाशिला गाउँपालिका वडा न ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल, महाशिला गाउँपालिकाका वडा नं ५ का संस्थापक अध्यक्ष जीवन उच्चै ठकुरी, महाशिला गाउँपालिकाका प्राविधिक साहयक नारायण गौतम,सिकाइ केन्द्रका सदस्य चेत प्रसाद लामिछाने लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
महेन्द्र ज्योति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष एक बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन केन्द्रका सामाजिक परिचालक शोभा कोइरालाले गर्नुभएको थियो ।
तालिम जेठ २२ गते सम्म संचालन हुने छ । तालिममा महाशिला गाउँपालिका वडा नं ३,४,५ र ६ का करिब २५ जना महिला दिदिबहिनीहरुको सहभागीता रहेको छ ।


तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्वतका सहसचिब दिपेश वि पोख्रलले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!