भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा ६७ हजार विरुवा वितरण गरिँदै - News site from Nepal

पर्वत – भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।
कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्तर्गत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा ७ हजार बढि गरी कुल ६७ हजार विरुवा वितरण गरिने कार्यालय प्रमुख दिवाकर पौडेल जानकारी दिनुभयो । कार्यालयले डालेघास राइखन्यू , निमारो र किम्वुका विरुवा निशूल्क रुपमा विरुवा वितरण गर्न थालेको हो ।

आइतवार कार्यालयमा आयोजित एक कार्यक्रमका बीच  विरुवा वितरण गरिएको हो । जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले आइतवारदेखि विरुवा वितरणको शुभारम्भ गर्नुभएको हो । विभिन्न समुह, पशुपालक कृषक, सहकारी वा अन्य संघ संस्थाहरुले माग संख्याको आधारमा विरुवाहरु लैजान सक्ने भएका छन् । विरुवा रोपेर मात्र नहुने भन्दै यसको संरक्षण र यसवाट फाईदा लिनका लागि समन्वय समितिका प्रमुख विष्णुराम विकले आग्रह गर्नुभएको छ । विकले विरुवा वितरण गर्दा अभिलेख राखेर गर्नुपर्ने र विरुवा वितरण पछि पनि अनुगमन गर्नूपर्नेमा जोड दिनु भयो । विरुवा उत्पादनमा राज्यको रकम खर्च भएकोले विरुवा लगेर कसैले पनि दुरुपयोग नगर्न अनुरोध गर्नूभयो ।

पर्वत लगाएत म्याग्दी ,वाग्लुङमा वाझो जमिनमा डालेघासँका  रुपमा राईखन्यु ,निमारो वढी मात्रमा लगाउने प्रचलन अनुसार माग वढि आउने गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । कार्यालय परिसरको नर्सरीवाट वाट पर्वत र वाग्लुङ जिल्लाका किसानले विरुवा लाने गरेका छन् ।

कार्यालयका अनुसार म्याग्दीमा १५ हजार, बागलुङमा १५ हजार, स्याङ्जामा १५ हजार, पर्वतमा २२ हजार विरुवा वितरण गरिने भएको छ ।

गत वर्ष पनि यही सिजनमा ७० हजार डाले घासँका विरुवा वितरण गरेको कार्यालयले जनाएको छ । डाले घाँसका विरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डाले घाँसका विरुवा लगाउदा भु-क्षय न्यूनिकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुँदा कार्यालयले हरेका वर्ष डालेघाँसका विरुवा वितरण गर्दै आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!