पर्वत- पर्वतमा द्वन्द्वपिडित राष्ट्रिय महिला सञ्जाल गठन भएको छ । नवगठित सञ्जालको अध्यक्षमा माया अधिकारी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा मिना शर्मा, सचिबमा स्वेच्छा आचार्य, सहसचिबमा भिमकुमारी पौडेल र कोषाध्यक्षमा प्रेमकला पराजुली रहनुभएको छ ।
समितिका सदस्यहरुमा पार्वती अधिकारी, लक्ष्मी कुमारी गिरी, सदिक्षा पुन र सिता दर्जी रहनुभएको छ । सवै पालिकाको प्रतिनिधित्व हुनेगरी समितिलाई पुणर्ता दिईने अध्यक्ष अधिकारीले बताउनुभयो । यस अघि आयोजित कार्यक्रममा बोल्दै पर्वतका द्धन्द्धपिडितहरुले दश बर्षे शसस्त्र द्धन्द्धमा पिडित भएकालहरुले राज्यवाट उचित न्याय पाउन नसकेको गुनासो गरेका थिए ।
सो अवसरमा महिला शान्ति सुरक्षा सम्वन्धि दोस्रो राष्ट्रिय कार्ययोजनाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा कार्ययोजनामा समेटिएका विषयबस्तुवारे सञ्जालका राष्ट्रिय सचिब सावित्रि खड्काले प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीले द्धन्द्धपिडितलाई न्याय दिलाउनका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, जिल्ला समन्वय समितिका सदस्य निर्मला रेग्मी, मानवअधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद शर्मा घायल, द्धन्द्धपिडित मिना केसी, जगन्नाथ शर्मा, कल्पना सुवेदी, ज्ञानेन्द्र चापागाई, जीवन पराजुली लगायतले बोल्नुभएको थियो ।
द्धन्द्धपिडित पार्वती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन माया अधिकारीले गर्नुभएको थियो ।






