पर्वत जिल्ला स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न - News site from Nepal
पर्वत जिल्ला स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

महेश भुसाल
पर्वत-नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजना तथा आईवल एकेडेमी कटुवाचौपारीको व्यवस्थापनमा जिल्ला स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई नेपाली शब्दज्ञान प्रति आकर्षित गर्नुका साथै भाषिक क्षमता अभिबृद्धि गराउने उद्धेश्यले आयोजित प्रतियोगितामा पुर्णेश्वर मावि पिपलटारी प्रथम, त्रिभुवन मावि शंकरपोखरी द्धितिय, महेन्द्रज्योती मावि लुंखुदेउराली तृतिय र काफलचौर मावि दुर्लुङ्ग तथा पशुपती मावि राम्जाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमश रु. ६ हजार, चार हजार पाँच सय, तीन हजार र पन्ध्र सय नगद, ट्रफि र प्रमणापत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता छनौट चरण र अन्तिम चरण गरी दुई भागमा गरिएको थियो । छनौट चरणमा सहभागि भएका ३० विद्यालय मध्ये अन्तिम चरणमा ८ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
नेपाली भाषा शिक्षक परिषद पर्वतका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले पछिल्लो पुस्तका बालबालिका अग्रेजी भाषाप्रति आकर्षित भैरहेका बेला नेपाली हिज्जे प्रतियोगिता नेपाली भाषाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमा कुश्मा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु तिवारी,कुस्मा नगर पालिकाका सामाजिक बिकास समिति सम्योजक ईश्वर गिरि , कुस्मा न ९का वडा अध्यक्ष राम शर्मा लामिछाने , कुश्मा -१० का वडा अध्यक्ष रामचन्द्र सुवेदी , नेपाली भाषा शिक्षक परिषद् केन्द्रीय सदस्य झलक पौडेलले, प्याब्सन पर्वतका अध्यक्ष श्रीराम पराजुली, उपाध्यक्ष विमल पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत कृष्णराज पौडेलले गर्नुभएको थियो । कार्यक्रमको संयोजक झलक पौडेल रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!