पर्वतमा तरुल खोज्न जंगल गएका एक युवाको हत्या - News site from Nepal
पर्वतमा तरुल खोज्न जंगल गएका एक युवाको हत्या

पर्वत –  पर्वतको मोदीमा एक युवकको हत्या भएको छ । संगै जंगलमा तरुल खोज्न गएका २ युवा मध्ये पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरका एक युवाको हत्या भएको छ । आइतबार दिउँसो स्थानीय टापुको सामुदायिक वनमा तरुल खोज्न गएका दुई युवा मध्ये ४० बर्षका उदय रिजालको हत्या भएको प्रहरीले जनाएको छ ।
रिजाललाई सोहि ठाउँका ३५ वर्षिय प्रेम बहादुर नेपालीले हत्या गरेका हुन् । पुरानो रिसिबीका कारण बनमा तरुल खन्न प्रयोग गरिएको गल प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
अचेत अवस्थामा जंगलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिनुभयो । घटनामा घाइते भएका अर्का झण्डै ४० बर्षका श्रीराम शर्माको मनिपाल अस्पताल पोखरामा उपचार भैरहेको जिसीले जानकारी दिनुभयो ।
हत्या अभियोगमा प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक जिसीका अनुसार दिनभर जसो सँगै रहेका उनीहरु मध्ये नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । रिसिबीको कारण भने खुल्न सकेको छैन ।
रिजाल माथि तरुल खन्न प्रयोग हुने गल प्रहार गरेको देखेपछि प्रत्यक्षदर्शी शर्मालाई समेत नेपालीले गल प्रहार गरेका थिए । गलले लागेर घाइते भएका शर्मा भने भागेर आफ्नो ज्यान जोगाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!