पर्वतको कुश्माका दुईवटा क्याम्पस एकीकरण गरिँदै  - News site from Nepal
पर्वतको कुश्माका दुईवटा क्याम्पस एकीकरण गरिँदै 
पर्वत –  पर्वत सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ ।
मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको हो । कुश्मामा २०४८ सालदेखि संचालित गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालदेखि संचालित शिवालय बहुमुखी क्याम्पस एकीकरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । हालको विश्वव्यापिकरण, वसाइसराई, नयाँ पुस्ताहरुमा देखिएको महत्वकांक्षा, घट्दो जनसंख्या र आर्थिक संकट जस्ता कारणले क्यापसहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने तर क्याम्पसहरुको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्न थालिएको गुप्तेश्वर बहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
शिवालय बहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष हरिओम शर्मा लामिछानेले दुवै क्याम्प्सको अस्तित्व जोगाउनका लागि एकिकृत रूपमा अगाडि बढ््नु आबस्यक भएको बताउनुभयो । दुबै समिति ,समुदाय अत्यन्त सकारात्मक तरिकाले अगाडी बढिरहेको बताउँदै क्याम्पस एकीकरणमा सवैले सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
दुवै क्याम्पसका सञ्चालक समितिहरुले क्याम्पसलाई एकिकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकिकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महशुस गरी एकिकरण प्रकिया अगाडि बढाउन सहमत भएका छन् । उनिहरुले पव्लिक क्याम्पस संघ, पर्वतका अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा दुवै क्याम्पसका अध्यक्षहरू बसन्तकुमार कर्माचार्य र हरीओम शर्मा लामिछाने तथा क्याम्पस प्रमुखहरु सुभाष पन्त र लेखनाथ उपाध्याय रहेको ५ सदस्यीय कार्यदल गठन गरेका छन् ।
कार्यदलले गत ६ महिना देखि शुरु गरेको अध्ययन र सहकार्यहरुवाट तयार भएको एकिकरण दस्तावेजको आधारमा दुवै क्याम्पसलाई एकिकरण प्रकृया टुंगोमा पुर्‍याउने भएको छ । वैठकले ५ सदस्यीय कार्यदलको विस्तार गरी १३ सदस्यीय अधिकार सम्पन कार्यदल गठन गरी ६ बुँदा रहेको कार्यादेश स्विकृत गरेको छ भने आगामी माघ १६ गते भित्र दुवै क्याम्पसले आ-आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरी एकिरणको प्रस्तावलाई अनुमोदन गर्ने निणर्य भएको छ ।
एक कुश्मा-एक सवल क्याम्पस बनाउने अभियान अन्तर्गत सवै जनप्रतिनिधीहरु, राजनितिक नेताहरू, दुवै क्याम्पसका संस्थापकहरु, चन्दादाताहरु, साधारण सभाका सदस्यहरु, संचालक समितिका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, पूर्व प्राध्यापक/कर्मचारी तथा कार्यरत प्राध्यापक/कर्मचारी, पूर्व तथा वर्तमान विद्यार्थीहरु, सामाजिक अभियन्ताहरु, उद्योगी व्यवसायीहरु, पत्रकारहरु, शुभचिन्तक तथा शिक्षा पदाधिकारी र शिक्षाविदहरुको विशेष सद्भाव र सहयोगकाका लागि समेत अपिल गरिएको छ ।
अहिले गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर सहित २ सय ६२ र शिवालय बहुमुुखि क्याम्पसमा  २६८ जना विद्यार्थी रहेका छन् ।
पर्वत जिल्लाभर १२ वटा क्याम्पस संचालनमा रहेका छन् । अधिकांस क्याम्पस आर्थिक अभावका कारण धराशायि अवस्थामा संचालन भैरहेका छन् ।
संयोजक गोविन्द पहाडी भन्नुहुन्छ – दुई वटा क्याम्पसकाे एकीकरण ( मर्जर) गर्ने लक्ष्य सहित गठन भएकाे कार्यदलकाे संयाेजककाे जिम्मेवारी प्रदान गर्नु भएकाेमा दुवै क्याम्पस सञ्चालक समितिहरु प्रति आभार व्यक्त गर्दछु ।
समयले कुश्माका २ वटा क्याम्पसहरुलाई मिलेर अगाडि बढ्न प्रेरित गरिरहेकाे छ। हिजाेकाे परिस्थिति र आवश्यकता बमोजिम क्याम्पस स्थापना गर्ने आदरणिय शिक्षाप्रेमि, समाजसेविहरुलाई सम्मान गर्दै वर्तमान समाज विकासकाे प्रवृत्ति मनन गरि हामी अब “”एक भएर – एउटै भएर”” अगाडि बढ्ने निर्णयमा पुगेका छाैं ।
केही प्राविधिक कामहरु कार्यदलले गर्नेछ । एकिकरणका बाँकि काममा सवैकाे सकारात्मक सहयाेग र,सुझावकाे अपेक्षा गर्दछाैं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!