पर्वतमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड :खेलको विकासमा तीनै तहका सरकारको सक्रियता आवश्यक ः सांसद गिरी - News site from Nepal

पर्वत- प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकारको सक्रिय हुनुपर्ने बताउनुभयो ।
शनिवारदेखि शुरु भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मामा उद्घाटन गर्दै गिरीले खेल क्षेत्रमा राज्यको ध्यान अझै बलियो गरी पुग्न नसकेको बताउनुभयो । आज खेलाडीहरुले नै नेपालको शिर विश्वसामु उचो बनाउन सफल भएको बताउँदै तीनै तहका सरकारले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । बिद्यालय तहदेखिनै खेलाडी उत्पादन गर्न सकेमा भविष्यमा नेपाल खेलकुद खेल पर्यटनवाटै विश्वमा परिचिति हुने उहाँको भनाई छ ।


सचेतक गिरीले राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता खेलाडीहरुका निम्ति एसईई जस्तै परिक्षा भएको बताउनुभयो । उहाँले यहाँवाट उत्कृष्ट हुने खेलाडी प्रदेश स्तर र राष्ट्रियस्तरमा पुग्ने भएकाले सवैलाई गम्भिर भएर खेल खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी लगायतले बोल्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन साजन श्रेष्ठले गर्नुभएको थियो ।


शनिवार र आईतवार संचालन हुने प्रतियोगितामा जिल्लाका सातवटै पालिकामा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट बनेका सयौ खेलाडीहरु सहभागि छन् । जसमा छात्र तथा छात्रा भलिवल, दौड तथा एथलेटिक्सका खेलहरु हुने भएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!