पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले मिटरव्याज पिडितहरुका लागि निवेदन दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत जिल्ला भित्र अधिक मात्रामा मिटर व्याज पिडितहरुको उजुरी जिल्ला प्रहरी कार्यालय मातहतबाट दर्ता हुँदै गएपछि उजुरी संकलन गर्न थालेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले बैशाख १५ गते एक सुचना जारी गरी मिटर ब्याज पिडितलाई पिडित फर्म भराउन सुचना जारी गरेको छ । अनुचित लेनदेनको कारोबारमा पर्ने मिटर व्याज पिडितलाई सो सम्बन्धि जाँच बुझ आयोज २०७९ बमोजिम पिडितलाई जानकरी दिन आह्वान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय पर्वतबाट जारी सूचना अनुसार प्रशासन कार्यालयको सहायता कक्षबाट फर्म भर्न मिल्ने गरी पिडितलाई सुचित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले जिल्लामा मिटर व्याजबाट पिडित भएका व्यक्तिहरुले उजुरी दिएमा सोको विवरण जाँच बुझ आयोगमा पठाउने र छलफल गर्ने गरी कार्यादेश भएको बताए ।
पर्वतमा बढी जसो सहकारी संस्थाबाट पिडित भएका व्यक्तिहरुको उजुरी जिल्ला प्रहरी कार्यालयमा पेश भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका मुद्धा उपर सुनुवाई भइरहेको र व्यक्तिमार्फत नियम विपरित व्याज असुल गर्ने र सोबाट पिडित भएकाहरुको विवरण संकलन गर्ने गरी यो कार्य शुरु भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।