काम गर्न नसक्ने जनप्रतिनिधिले जनताका प्रश्नको जवाफ दिनुपर्छ:नगरप्रमुख तिवारी - News site from Nepal

फलेवास – फलेवास नगरप्रमुख गङ्गाधर तिवारीले नगरमा काम गर्न नसके जनताका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो । अहिले राजनितीमा नया र बैकल्पिक शक्तिको उदय भैसकेको भर्खरै सम्पन्न तीन चरणका निर्वाचनले पुष्टि गरिसकेको बताउदै जनप्रतिनिधी भएपछी जनअपेक्षा अनुसार काम गर्न नसके जनताले नै जवाफ दिने बताउनुभयो ।
फलेवास-३ शंकरपोखरीको पोखराचौरमा रहेको राम माध्यमिक बिद्यालयको ४३औ बार्सिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बोल्दै नगरप्रमुख तिवारीले यस्तो बताउनुभएको हो । अहिले हरेक मतदाताहरु स्नातकोत्तर उपाधी हासिल गरेका भएकोले आफुले कस्तो प्रतिनिधि छान्ने भन्ने कुरामा मतदाता नै सक्षम भएको बताउनुभयो ।
उहाँले नगरको बिकासका लागि आफू चौबिसै घण्टा सकृय रहेको भन्दै समग्र नगरबासीले आफुलाइ झकझक्याउन आग्रह गर्नुभयो । नगरको शैक्षिक बिकासमा निरन्तर लागेको बताउदै उहाँले आफूलाइ ५ वर्षको लागि नगरप्रमुखको कुर्चिमा पुर्याउनुहुने सम्पुर्ण मतदाता नै नगरको प्रमुख भएको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिकांस बिपन्न र दलित बालबालिका अध्ययन गर्ने राम माध्यमिक बिद्यालयको पढाइको स्तरप्रती प्रशंसा गर्नुहुदै शैक्षिक र पुर्बाधार बिकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा फलेवास-३ का अध्यक्ष अर्जुन बहादुर कार्कीले नगरकै बढी जनसंख्या र बिद्यालय भएको शंकरपोखरीमा अन्न्य वार्डको तुलनामा बिद्यार्थी संख्या नघटेको भन्दै शैक्षिक गुणस्तरमा पनि उत्कृष्ट भएको जिकिर गर्नुभयो । फलेवास-५ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक नारायण लामिछानेले बिद्यालय संचालन गर्दाका चुनौती आफुले पनि भोगेको बताउदै सामुदायिक बिद्यालयलाई बलियो बनाउन निस्चित मापदण्ड बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा मोति सामुदायिक पुस्तकालयका पुस्तकालय संयोजक इन्द्रप्रसाद शर्मा , पुर्व विद्यार्थी बिरेन्द्र रिजाल, अभिभावक यज्ञप्रसाद पौडेल, कालिका सामुदायिक वन समितिका अध्यक्ष भिम प्रसाद शर्मा, नव कालिका क्लबका सचिव एवम् शिक्षक प्रदिप भुसाल, त्रिभुवन माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारी, अवकासप्राप्त प्रधानाध्यापक बिष्णुप्रसाद भुसाल, शिक्षक होमप्रसाद भुसाल, बिष्णुप्रसाद भुसाल, शिक्षक अभिभावक समितीका अध्यक्ष बिष्णुबहादुर बिक लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अवसरमा विद्यालयमा सहयोग गर्ने अभिभावक, उत्कृष्ट शिक्षकहरु, उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने बिद्यार्थिहरुलाइ सम्मान तथा अनिवार्य अवकास भएका शिक्षकहरु बिष्णुप्रसाद भुसाल, होम प्रसाद भुसाल र बिष्णु प्रसाद भुसाललाइ दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो । बिधालयका प्रधानाध्यापक तेज बहदुर कार्कीले बिगत ३ आर्थिक वर्षको आर्थिक तथा प्रशासनिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । “घरबाटै पठन संस्कृतिको बिकास गरौं, सामाजिक सञ्जालकाे समुचित प्रयोग गरौं ।” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम बिकको अध्यक्षता र शिक्षक सागर तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा बिद्यालयका ७५ जना छात्रा र शिक्षिकालाइ फलेवास-५ मा अवस्थित मोति पुस्तकालयले रोटरी क्लब अफ रुद्रमतीको सहयोगमा मोति महिला उद्धमीद्वार उत्पादित सेनेटरी प्याड नि:शुल्क बितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!