गण्डकी प्रदेश समाज दक्षिण कोरियाको साधारणसभा भोली आईतवार, सवै तयारी पुरा - News site from Nepal

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा तथा स्थापना दिवस भोली हुने भएको छ ।
भोली आईतवार दक्षिण कोरियाको हान्सुङ विश्व विद्यालयको फ्युचर हलमा हुने कार्यक्रमको सवैजसो तयारी पुरा भएको छ ।
साधारणसभाको सम्पुणर् तयारी पुरा भैसकेको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।

कार्यक्रमको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । गिरीका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गरिएको छ ।
साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत, आर्थिक प्रतिवेदन प्रस्तुत, विधान संशोधन, बार्षिक कार्यक्रम तर्जुमा, सुझाव संकलन लगायतका एजेण्डाहरु रहेका छन् । कार्यक्रममा उपस्थित भएर सभ्य र भव्य बनाउन सहयोग गरिदिन अध्यक्ष गिरीले आग्रह गर्नुभएको छ । कार्यक्रम भोली विहान ११ बजे शुरु भई ४ बजे सम्पन्न हुने पनि उहाँले बताउनुभयो ।
प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मुल नारा लिएर स्थापना भएको समाजले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

कार्यक्रम हुने स्थान  :  한성대학교 미래관 DLC B1019 (서울 성북구 삼선교로16길 116 삼선동2가 389)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!