आज हरिबोधनी एकादशी- कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुँइचो - News site from Nepal

पर्वत–  आज हरिबोधनी एकादशी । पर्वतका विभिन्न धार्मिकस्थलहरुमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
पबित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौंको संख्यामा भक्तजनहरु भिड लागेको हो । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीबेणी धाम, जैमिनि घाट, एसीयाकै ठुलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्राम स्थित सेतीबेणी लगायत गोपाङघाट, नयाँपुल, पुर्तिघाट, मालढुंगा, खनियाघाट लगायतका स्थानमा स्नान गर्ने भक्तजनहरुको घुंँइचो लागेको छ । स्नान गर्नका लागि पर्वतका साथै बागलुङ्ग, स्याङ्गजा, गुल्मी, पाल्पा र भैरहवाबाट ठुलो संख्यामा श्रद्धालु झक्तजनहरु आएका छन् । मोदीवेणीधाम र सेतीवेणीमा विशेष मेला समेत लागेको छ ।
कालीगण्डकीमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पुजा गरेमा पुण्य प्राप्त हुने बिश्वासमा झक्तजन निराहार ब्रतबसी स्नान गर्ने चलन छ । हरीशयनी एकादशीदेखि चौमास ब्रत बसेकाहरुले पनि आज कालीगण्डकी नदिका विभिन्न स्थानमा तोरन टाँग्ने प्रचलन रहेको छ ।
कालीगण्डकीमा तोरन टाँग्नका लागि विभिन्न जिल्लाहरुवाट बाजागाजा र भजनकृतन सहित हजारौ दर्शनार्थीहरुको भिड लाग्ने गरेको मोदीवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो ।
आजै चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ । कालीगण्डकी स्नान गरेर फर्किएपछि तुलसीको बिबाह गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!