नेपाली भाषा शिक्षक परिषद् पर्वतको अध्यक्षमा पौडेल - News site from Nepal
नेपाली भाषा शिक्षक परिषद् पर्वतको अध्यक्षमा पौडेल

पर्वत- नेपाली भाषा शिक्षक परिषद् पर्वतको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा झलक पौडेल, सहसचिवमा कृष्णराज पौडेल र कोषाध्यक्ष सावित्री शर्मा रहनुभएको छ । समितिका सदस्यहरुमा सूत्र प्रसाद पौडेल, गोपाल सुवेदी, कमल तिमिल्सिना, पुण्यप्रसाद पौडेल, लक्ष्मण पौडेल, लक्ष्मी परियार रहनुभएको छ । भने केन्द्रीय प्रतिनिधिमा झलक पौडेल रहनुभएको छ ।
अधिवेशनको उद्घाटन कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले गर्नुभएको थियो । सो अवसरमा रिजालले शैक्षिक गुणस्तर विकासका लागि कुश्मा नगरपालिकाले सवै शैक्षिक संघ संगठनहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा लोक संस्कृतिविद् प्रा.डा कुसुमाकर न्यौपाने  र उपप्रमुख रिजालले  नेपाली विषय शिक्षक सम्मान तथा झलक पौडेलद्वारा प्रकाशित ‘हिज्जे सौगात’ पुस्तक लोकार्पण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!