ठुलीपोखरीमा माटो परिक्षण तथा बाली उपचार शिविर ः माटोमा अम्लियपना बढ्दै - News site from Nepal

पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलिपोखरिमा एक दिने माटो परिक्षण साथै बाली उपचार सिविर सम्पन्न भएको छ ।
वडा कार्यालयको पहलमा कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा सन्चालन गरिको शिविरमा माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराका विज्ञहरुबाट माटो परिक्षण गरिएको हो । वडाका विभिन्न क्षेत्रका कृषकले यस अगाडि लगाएको धान बाली कोदे वाली वडाका अधिकांश स्थानमा मरेकाले माटो परिक्षण गरिएको थियो ।
शिविरमा वडाका सवै टोल र बस्ति समेटिने गरि करिव १ सय ४४ स्थानको माटो परिक्षण र ७० वटा स्थानको बाली उपचार सम्वन्धि परिक्षण गरिएको वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।
परिक्षणका लागि संकलन गरिएको माटोमा अम्लियपना बढि देखिएको छ । प्रयोगशालाको प्रतिवेदन अनुसार वडाका अधिकांश स्थानमा माटोमा अम्लियपन बढि देखिएको र खाद्यतत्व कम देखिएकोले खेतबारिमा अनिवार्य रुपमा कृषि चुन छर्नुपर्ने देखिएको छ । माटो परिक्षणको रिपोर्ट अनसार कृषकहरुलाइ सहजताका लागि वडा कार्यलयले चुन खरिद प्रकृया अगाडि बढाई सवै खेतीयोग्य जमिनमा कृषि चुन छर्न वडाले आवश्यक पहल गर्ने वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!