जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न शैक्षिक सरोकारवालासंग अन्तरक्रिया - News site from Nepal

पर्वत –  शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच अन्तरक्रिया गरेको छ। जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा आईतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको शैक्षिक सरोकारवालाविच गरिएको अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुलप्रसाद आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधार नभएसम्म अन्य क्षेत्रको सुधार नहुने बताउदै गाउँपालिकाभित्रका शैक्षिक क्षेत्रका सरोकारवालाहरुले विशेष ध्यान दिन आग्रह गर्नुभयो । आगामी दिनमा जलजलाको शिक्षा शैक्षिक क्षेत्रको सुधारका लागि संघले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष आचार्यले शैक्षिक क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माणलाई मूर्तरुप दिन तथा समग्र शैक्षिक गुणस्तर कायम गर्न सबैको भूमिका महत्वपूण हुने बताउनुभयो । उनले शैक्षिक सुधारका लागि शिक्षकहरु पनि जिम्मेवार बन्न आग्रह गरे । शैक्षिक क्षेत्रको सुधार योजना निर्माणदेखि कार्यान्वयन सम्म शिक्षक तथा प्रधानाध्यापक र विव्यस अध्यक्ष जिम्मेवार र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय बनाउन सहयोग पुग्ने भनाई राख्नुभयो । विद्यालयको प्रविधिमैत्री बनाउन गृहकार्य गाउँपालिकाले गरेको जानकारी गराउनुभयो । गाउँपालिका उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकिय अधिकृत कुशल सुवेदीको उपस्थित रहेको थियो ।

आगामी दिनमा विद्यालयको शैक्षिक सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन सम्वन्धी प्रशिक्षण प्रशिक्षक बद्री दाहालले गरेका थिए । शैक्षिक गुणस्तर बनाउनका लागि सबै पक्षको सल्लाह र सुझावको लागि अन्तरक्रिया राखिएको गाउँपालिका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताए । जलजलामा सामुदायिक ४४ वटा र निजि ३ वटा गरी ४७ वटा विद्यालय रहेका छन् । शिक्षा अधिकृत आचार्यको स्वागत र प्रास देवी रिजालको संचालनमा सम्पन्न भएको अन्रक्रियामा विद्यालयका प्रअले शिक्षा क्षेत्रमा देखिएका समस्याहरु सुनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!