वडा कार्यालयबाटै भत्ता पाएपछि ठुलीपोखरीका बृद्धबृद्धालाई सहज - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ का सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
गरिमा विकास बैंकको कुश्मा शाखाले मंगलवार वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । ठुलीपोखरीमा एकैदिन १ सय ७ जनाले भत्ता लिएको वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो । कुश्मामा रहेको बैंकको शाखा कार्यालय सम्म आएर भत्ता लिन नसक्ने बयोबृद्ध, असहाय र अशक्त नागरिकको समस्यालाई मध्यनजर गर्दै बैंकका कर्मचारीलाई वडामै बोलाएर भत्ता वितरण गरिएको रिमालले बताउनुभयो ।
ठुलीपोखरीमा ३ सय भन्दा बढिले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । केहि लाभग्राही भने बैंकमै आएर वा आफन्तलाई पठाएर भत्ता लिने गरेको अध्यक्ष रिमालले बताउनुभयो ।
वडा कार्यालयवाटै भत्ता पाएपछि गाउँलेहरु दंग बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!