भुतपुर्व विद्यार्थीको पहलमा ठुलीपोखरीका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम - News site from Nepal
पर्वत –  बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय गरेका २०५१ सालको एसएलसी ब्याचका भुपु विद्यार्थीहरुको पहलमा सो तालिम प्रदान गरिएको हो ।

बिद्यालय शिक्षाको जग मानिएको बाल विकास केन्द्रका विद्यार्थीको सिकाई प्रभावकारी बनाउन ३ दिने प्रारम्भिक तालिम प्रदान गरिएको बताइएको छ । तालिममा खेल्दै सिक्दै, बालबालिकाको रुचि अनुसारका शैक्षिक सामाग्री निर्माण लगायत विषयमा सिकाइएको थियो । तालिममा ७ वटा विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा नेपाल सरकारका सहसचिव रामबन्धु सुबेदीले शिक्षा सम्बन्धि नीति र स्थानीय तहको दायित्वका बारेमा सहजीकरण र बाल सहजकर्ता कबिता पौडेलले मन्टेश्वरी शिक्षण बिधिका बारेमा सहजीकरण गर्नु भएको थियो ।

तालिम समापनको अवसरमा बोल्दै प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख उद्दिमराज पौडेलले शिक्षाको जग बलियो बनाउन प्रारम्भिक तहबाट नै गुणस्तरमा सुधार गर्न आवश्यक रहेको रहेको बताउँदै मन्टेश्वरी तालिमले बालबालिकाको क्षमता अभिबृद्दी गर्न फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा आयोजककोतर्फबाट धन्यवाद मन्तव्य राख्दै नेपाल सरकारका सहसचिव रामबन्धु सुबेदीले शिक्षालाई सुधार गर्न आधारभूत तहबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनता सुदर्शन माबिका प्रअ मेघनाथ आचार्य, जनप्रतिनिधिकोतर्फबाट धानिलाल बिक, पुर्व अध्यक्ष राजेन्द्र पौडेल, जनता सुदर्शन माबि व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण सुवेदी लगायतले आफ्नो धारण राख्नुभएको थियो । एसएलसी ब्याच २०५१ का विद्यार्थी प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रमेश सुवेदीले गर्नु भएको थियो । कार्यक्रम समापनको अवसरमा २०५१ ब्याचका २५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!