पर्वत- पर्वतको कुश्मा नगरपालिकामा स्थानीय तह रास्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा गरेको छ । शुक्रवार नगरपाािलकाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रतियोगिताको भव्य रुपमा तयारी भएको जानकारी दिनुभयो । विगत भन्दा यसवर्ष नगरपालिकाले प्रतिायेगितालाई भव्यताका साथ सञ्चालन गर्न लागेको नगरप्रमुख जोशीले जानकारी दिनुभयो । उहाँले पत्रकारले उठाएको प्रश्नको जवाफ दिँदै विगतमा भन्दा भव्य रुपमा प्रतियोगिता हुने जानकारी दिनुभयो । प्रतियोगितामा २५ वटा मावीका बिधालय लाई प्रतियोगितामा सहभागी गराइने भएको छ ।
विद्यालयहरुले सहभागिताका लागि समूह दर्ता गरिरहेका छन् । २८ वटा इभेन्टसहरु प्रतियोगितामा समावेश गरिने भएको छ । कुश्मा नगरपालिकाले फागुन ७ गतेबाट अर्थात भोलीबाट प्रतियोगिता शुरु गरेर ३ दिनमा सबै कार्यक्रम सक्ने तयारी गरेको जोशीले जानकारी दिनुभयो ।
ससस्त्र प्रहरी वल चण्डीका गण र बडगाउ खेलकुद मैदानमा प्रतियोगिता सन्चालन गर्ने तयारी छ । प्रतियोगितामा भाग लिने विद्यार्थीलाई विद्यालयको खातामा यातायात खर्च समेत उपलब्ध गराईने भएको छ । यूवा, खेलकूद तथा शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले खेलकुदको तयारी र समन्वयका बारेमा जानकारी दिनुभएको थियो । उहाँले गत वर्ष केही बिबाद भएको भन्दै यसवर्ष कुनै पनि बिबाद र द्विविधा नहोस भन्नेमा सचेत रहेको बताउनुभयो । अहिले समाजमा विभिन्न खालका तनाव उत्पन्न भैरहेकाले यिनको निदानका लागि पनि खेलकुद महत्वपूणर् रहेको तिवारीले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा सहभागिहरुलाई निशुल्क बीमाको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमश ५१,१११ हजार, ३१,१११ हजार, २१,१११ हजार र ११,१११ हजार पुरस्कार वितरण गरिने भएको छ । रनिङ शिल्डमा तीन पटकसम्म लगातार पहिलो हुने विद्यालयलाई शिल्डको स्वामित्व सहित नगद पाँच लाख रुपैयाँ पुरस्कार दिने निणर्य पनि नगरपालिकाले गरेको छ ।
प्रजातन्त्र दिवसका अवसरमा भोली विहान साढे ११ बजे नगरप्रमुख रामचन्द्र जोशीले प्रतियोगिताका उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा सहभागि खेलाडीहरुलाई दुर्घटना विमाको समेत व्यवस्था गरिएको छ भने अन्य प्रोत्साहनका कार्यक्रम पनि रहेको नगर शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो । सहभागि विद्यार्थीलाई जन्मदर्ता र फोटो अनिवार्य गरिएको छ । जसले गर्दा गैह्रविद्यार्थी प्रवेश हुन नसक्ने अपेक्षा गरिएको छ ।
खेलकुदमा प्रशिक्षक र रेफ्री सङग बिधार्थिको स्वार्थ नमिलेको जनशक्ती राख्न खोजिएको पनि पत्रकार समम्ेलनमा जानकारी दिईयो । नगर प्रमुख जोशीले सरोकारवाला सबैले कार्यक्रम लाई सहयोग गर्न आव्हान गर्नुभयो ।






