पर्वतको ठुलीपोखरीका शिक्षकहरुलाई मन्टेश्वरी तालिम संचालन - News site from Nepal
पर्वतको ठुलीपोखरीका शिक्षकहरुलाई मन्टेश्वरी तालिम संचालन
  • शैक्षिक गुणस्तर बढाउन भुपु विद्यार्थीको चासो
  • पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि तीन दिने मन्टेश्वरी तालिम शुरु भएको छ ।
    स्थानीय जनता सुदर्शन मा.विबाट २०५१ सालमा एस.एल.सी. परिक्षा उत्तिणर् गरेका भुपु विद्यार्थीहरुको आयोजना र वडा कार्यालयको समन्वयमा वडा अन्तरगतका सम्पुणर् बाल विकास शिक्षक तथा प्राथमिक तहका शिक्षकहरुका लागि ३ दिने मन्टेश्वरी तालिम सुरु गरिएको हो । तालिममा वडा भित्रका बिधालयका प्रद्यानाध्यापक, बालबिकास केन्द्रका बालशिक्षिका, प्राथमिक तहका शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको सहभागिता रहेको छ ।


    तालिमको उद्घाटन कुस्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरिका वडा अध्यक्ष झलक प्रसाद रिमालले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष झलक प्रसाद रिमालले विद्यालयहरुको गुणस्तर सुधारका लागि मन्टेश्वरी तालिमको महत्वपुणर् भूमिका रहने बताउनुभयो । उहाँले शिक्षा सुधारमा सवैभन्दा पहिला शिक्षाको जग प्राथमिक तहको शिक्षा महत्पूणर् हुने भएकोले प्राथमिक तहको शिक्षाबाट विद्यार्थिहरुलाई गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रविधियुक्त सिकाईवाट मात्र विद्यार्थीको क्षमताको विकास हुने बताउनुभयो ।
    नगर शिक्षा अधिकृत दिपक सुवेदीले प्राथमिक तहदेखिनै गुणस्तरमा ध्यान दिन सक्ने हो भने विद्यार्थीले उच्च तहसम्म राम्रो नतिजा हासिल गर्न सक्ने बताउनुभयो । उहाँले नगरपालिकाले समेत सामुदायिक विद्यालयको गुणस्तरमा बृद्ध गर्नका लागि विभिन्न योजनाहरु अघि सार्नुका साथै स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको बताउनुभयो ।


    केशवराज कुवरको अध्यक्षतामा सन्चालन भएको तालिम उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य प्रकाश सापकोटा र संचालन रुद्र केसीले गर्नुभएको थियो । २०५१ सालको ब्याजीहरुले अन्य रचनात्मक कार्यक्रमहरुको समेत आयोजना गरेका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 लोकतन्त्र अनलाईन All right reserved
    Site By : Softnagari
    error: Content is protected !!