मोदीमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप भलिवलको उपाधि पर्वतको विहादीलाई - News site from Nepal

पर्वत –  राष्ट्रिय सभा अध्यक्ष कप अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि पर्वतको विहादी गाउँपालिकाले हात पारेको छ ।
पर्वतकै मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा आयोजित तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगितामा फलेवासलाई लगातार २ सेटमा पराजित गर्दै विहादीले उपाधि हात पारेको हो । जीतसँगै विहादी गाउँपालिकाले रु. १ लाख ५५ हजार ५ सय ५५ नगद, शिल्ड, मेढल र प्रमाणपत्र प्राप्त गरेको छ ।
द्धितिय स्थान प्राप्त गरेको फलेवास नगरपालिकाले रु १ लाख ५ हजार ५सय ५५ रुपैयामा चित्त बुझाएको छ भने तृतिय स्थान प्राप्त गरेको आयोजक मोदी गाउँपालिकाले रु ५५ हजार ५ सय ५५ रुपैया मेडल र प्रमाणपत्र पाएको छ ।
त्यसैगरी महिला भलिवल प्रतियोगिताको उपाधि धादिङ भलिवल क्लवले हात पारेको छ । अर्चलबोट भलिवल क्लवलाई २-१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो । जीतसँगै धादिङ भलिवल क्लवले ७७ हजार रु.७७ हजार ७ सय ७७ प्राप्त गरेको छ भने दोस्रो बनेको अर्चलबोट भलिवल क्लव कास्कीले ४५ हजार ५ सय ५५ र तेस्रो मोदी-८ चित्रेले रु. २५ हजार ५ सय २५ हात पारेको छ ।
भलिवल सँगै रत्यौली गित प्रतियोगिता, खुल्ला एकल नृत्य, शिक्षक हाजिरजवाफ प्रतियोगिता पनि सम्पन्न भएको मोदी गाउँपालिकाले जनाएको छ । फागुन २७ गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार वितरण गर्दै पूर्व मन्त्री तथा एमाले सचिब पद्मा अर्यालले समापन गर्नुभएको कार्यक्रम संयोजक तथा मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।
समापनमा गर्दै पूर्व मन्त्री पद्मा अर्यालले पछिल्लो समय खेलकुद मार्फत देशको पहिचानमा बृद्धि भएको बताउनुभयो । उहाँले ओली सरकारको पालामा खेलाडीको लागि बिमाको शुरुवात गरिएको र उपचारको समेत प्रबन्ध गरिएको भन्दै त्यसपछि खेलाडीको मनोबल उच्च हुदै गएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!