धुलिखेल अस्पतालद्धारा पर्वतका चार वटा विद्यालयमा मुख तथा दन्त परीक्षण शिविर सम्पन्न,, एक हजार भन्दा बढि शिक्षक विद्यार्थी लाभान्वित - News site from Nepal

रामचन्द्र भुसाल

फलेवास/
धुलिखेल अस्पतालको सहयोगमा पर्वतका चार वटा विद्यालयमा मुख तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । धुलिखेल अस्पताल काभ्रे र धुलिखेल अस्पताल फलेवासको समन्वयमा सञ्चालन भएको शिविरमा पर्वतको फलेवास नगरपालिका भित्र रहेका ४ वटा माध्यमिक विद्यालयका करिब एक हजार भन्दा वढि शिक्षक तथा विद्यार्थी लाभान्वीत भएका छन् । पालिकाभित्र रहेका भवानि विद्यापिठ मा.वि., जनता मावि., शारदा मा.वि. र थापाठाना माध्यमिक विद्यालयमा शिविर सम्पन्न भएको धुलिखेल अस्पताल फलेवासका डाक्टर सुदिप गौतमले जानकारी दिनुभयो । शिविरमा दाँतको सफाई गर्ने, दाँत निकाल्नुका साथै आवश्यक परामर्श प्रदान गरीएको डेन्टिस सन्ध्या पौडेलले बताउनुभयो । विहिबार फलेवासको थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालयमा सम्पन्न भएको शिविरमा २३२ जना शिक्षक विद्यार्थीहरुको दन्त परीक्षण गरीएको धुलिखेल अस्पताल फलेवासका अ.हे.ब. विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । विद्यालयमै गएर विद्यार्थीहरुको दन्तपरीक्षण गरेकोमा समग्र विद्यालयका शिक्षक तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरुले आयोजक समुहलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!