दियो र ट्याग परीयोजनाका पदाधिकारीहरुका विच फलेवासमा सरोकारवला बैठक तथा ट्याग परीयोजनाको उपाधी समारोह सम्पन्न - News site from Nepal

रामचन्द्र भुसाल
पर्वत-  फलेवासमा रिड नेपालको संयोजकत्वमा दियो र ट्याग परीयोजनाका पदाधिकारीहरुका विच सरोकारवला बैठक तथा ट्याग परीयोजनाको उपाधी समारोह सम्पन्न भएको छ ।

रिड नेपालको समन्वय तथा मोती सामुदायिक पुस्तकालय खानिगाउँको सहजिकरणमा सोमबार सरोकारवलाहरुविच वैठक समपन्न भएको हो भने मंगलबार ट्याग परीयोजनाको उपाधी समारोह सम्पन्न भएको हो । सोमबार सरोकारवलाहरुको विचमा बसेको बैठकले पुस्तकालयमा सञ्चालित ट्याग परीयोजनाको व्यवस्थापनको बारेमा छलफल गरेको थियो । छलफलमा परीयोजनामा आवद्ध ५५ जना किशोरिहरुलाई रिड नेपालको सहयोगमा दिईँदै आएको नेतृत्व विकास तथा प्राविधिक सिप विकास तालिमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने सन्दर्भमा विशेष भलाकोसारी गरीएको थियो । विभिन्न सरोकारवलाहरुको सहभागितामा सम्पन्न भएको वैठकले परीयोजनालाई अगाडि बढाउन स्थानिय सरकारलाई सहयोगि बनाएर जानुपर्ने भन्दै नगरप्रमुख गंगाधर तिवारीसमक्ष प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई स्वीकार गर्दै नगरप्रमुख तिवारीले आफ्नो पालिकाबाट परीयोजनालाई आवश्यक सहयोग गरीने विश्वास ब्यक्त गर्नुभएको थियो । विगत ७ महिनादेखि रिड नेपालको सहयोग र मोति पुस्तकालयको व्यवस्थापनमा ट्याग परीयोजना सञ्चालन भइरहेको र परियोजनाको पहिलो चरण सकिएकाले उक्त परीयोजनालाई निरन्तरता दिन आवश्यक बजेटको आवश्यकता परेको हुँदा उक्त बैठक बस्नुपरेको पुस्तकालयका बरिष्ठ लाईब्रेरियन ईन्द्र प्रसाद शापकोटाले जानकारी दिनुभयो ।
यस्तै मंगलबार एक समारेहका विच ट्याग परीयोजनाको पहिलो चरणको उपाधि समारोह सम्पन्न भएको हो । रिड नेपालकि कन्ट्रि कोडिनेटर भाग्यश्री विष्टको विशेष उपस्थितिमा उक्त समारोह सम्पन्न भएको पुस्तकालयकि ट्याग संयोजक रमा भुसालले बताउनुभएको छ । उपाधि समारोहमा ट्याग परियोजनाको पहिलो चरण समाप्त भएको बताउँदै कन्ट्रि कोडिनेटर भाग्यश्री विष्टले पहिलो चरणमा सहभागि ट्याग गर्ल्स हरुलाई प्रमाणपत्र वितरण गर्दै ट्याग परीयोजनाको बारेमा आफ्नो संस्थाले नेपालमा गर्दै आएका कार्यक्रमहरुको बारेमा जनाकारी प्रदान गर्नुभएको थियो । परियोजनको पहिलो चरणमा भएगरेका गतिविधिहरुमाथि छलफल गर्दै विष्टले अव सुरु हुने दोस्रो चरणको कार्यक्रममा सञ्चालन हुने गतिविधिको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले रिड नेपालद्धारा सञ्चालित ट्याग परीयोजनाले आफ्नो नगरपालिकाभित्र गरेको कार्यप्रति उच्च प्रशंसा गर्दै आगामि दिनहरुमा पनि यस्तौ खाले कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सथै उहाँले फलेवासमा सञ्चालन गरीएको उक्त परीयोजनालाई थप प्रभावकारी बनाउन पालिकाले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । ट्याग परियोजनामा आवद्ध किशोरिहरुले आफुहरु कार्यक्रममा सहभागि भएपश्चात आएका परिवर्तनहरुको बारेमा विचार व्यक्त गर्नुभएको थियो । भने अभिभावकहरुले पनि परियोजनामा आवद्ध छोरीहरुमा आएको सकारात्मक परिवर्तनहरुले आफुहरु खुशि भएको अनुभव आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पुस्तकालयका सँस्थापक अध्यक्ष तथा समावसेवी भोला लम्सालले पुस्तकालयसंग जोडिएर रिड नेपालले सञ्चालन गरेको ट्याग परीयोजनाले यस क्षेत्रका किशोरहिरुमा आएको परीवर्तन देख्दा खुसि लागेको बताउँदै अबपनि यो कार्यक्रमलाई पुर्णरुपमा निरन्तरता दिन सवैजनाको साथ सहयोगको आवश्यकता रहेकाले हातमा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । परियोजनाको पहिलो चरणमा आवद्ध किशोरिहरुले व्यक्त गरेका कुराहरु सुन्दा आफुलाई आनन्द लागेको बताउँदै लम्सालले दोस्रो चरणको कार्यक्रमले अझै पृष्ठपोषण प्रदान गर्ने विश्वाश दिलाउँदै परियोजनालाई सवल बनाउन सवैसामु सहयोगको अपेक्षा गर्नुभएको हो । कार्यक्रममा बोल्दै लाईब्रेरीयन ईन्द्र प्रसाद सापकोटाले पुस्तकालयमा सञ्चालित दियो परीयोजनाले पर्वत र बागलुङ जिल्लाका वैदेशिक रोजगारमा आवद्ध विभिन्न व्यक्तिहरुलाई आप्रवासन सम्बन्धि जनचेतनामुलक कार्यक्रमले सहयोग पु¥याएको जानकारी दिनुभएको थियो । पर्वत जिल्लाकै पहिलो रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जसंगको समन्वयमा सञ्चालन गरीएको परियोजनाले विभिन्न माध्यमबाट सचेतना प्रदान गरी वैदेशिक रोजगार संग सम्बन्धित जानकारी प्रदान गरीएको सापकोटाले बताउनुभयो । बैदेशिक रोजागरीमा जानुपुर्व अथवा गएपश्चात केहि सल्लाह तथा पारामर्श लिनुपरेमा पुस्तकालयमा सम्पर्क गर्न सकिने कुरा अवगत गराउँदै सापकोटाले फलेवास नगरभित्रका विभिन्न वडाहरुमा गएर कार्यक्रम गर्दा कतिपय पिडितहरुलाई आवश्यक परामर्श प्रदान गरीएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाकि नगरउपप्रमुख शोभा कुमारी क्षेत्री वडा नम्बर ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, नगरशिक्षा अधिकृत कृष्ण प्रसाद आचार्य, भवानि विद्यापिठ माविका प्रधानाध्यापक अर्जुन कुमार रेग्मि, लिमिठाना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलराज पौडेल, शारदा माबिका प्रधानाध्यापक जीत बहादुर थापा, अन्य शिक्ष प्रतिनिधी, मेन्टर टिचर शान्ति सुवेदि, सरिता देवकोटा, ट्याग असिस्टेन दिक्षा अधिकारी, स्थानिय समाजसेवी वुद्धिजीवि, पत्रकारहरुको सहभगिता रहेको थियो । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज पौडेलको अध्यक्षता, सदस्य ईन्दिरा तिवारीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वरिष्ठ लाईब्रेरयिन ईन्द्र प्रसाद शापकोटाले गर्नुभएको थियो । कार्यक्रममा सहभागि टयाग गर्ल्सहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!