पर्वतको पाङराङमा तेस्रो सुन्तला महोत्सव शुरु, नगरप्रमुख तिवारीद्धारा उद्घाटन - News site from Nepal

पर्वत- फलेवास-११ पाङ्ग्राङस्थित चण्डी श्रीकाङ्ग क्लब ले क्लबको तेस्रो वार्सिकोत्सवको अवसरमा यहि २०८०/०८/२५ गतेदेखि ३० गतेसम्म आयोजना गरेको सुन्तला महोत्सबको उद्घाटन समारोहमा बोल्नुहुदै नगरप्रमुख गंगाधर तिवारीले नगरले अबको समय बिकासको समयको रुपमा अगाडि बढाइने बताउनुभयो ।
आफु निर्वाचित भएको करिव डेढ वर्षको समयमा नगरका सडक, खानेपानी, सिंचाइ, शिक्षा, स्वास्थ्य, कृषि लगायत भौतिक पुर्वाधारमा निकै फड्को मारेको बताउनुहुदै आफुले घोषणा गरेका बिकासका सम्पुर्ण कामहरु आफ्नो कार्यकालमा पूरा गर्ने बाचा दोहोराउनुभयो । नगरलाइ रचनात्मक तथा समालोचनात्मक सुझाव दिएर बिकासमा हातेमालो गर्न तथा बिरोधको लागि मात्र बिरोध नगर्न सबैलाइ आग्रह गर्नुभयो ।
उहाले पाङ्राङको बिकासमा सम्पुर्ण राजनितिक दल, वडाअध्यक्ष,कार्यपालिका सदस्य लगायतको हातेमालो रहेको बताउनुभयो ।
उपप्रमुख शोभकुमारी क्षेत्रीले नगरको समग्र बिकासमा सबै जनप्रतिनिधी एक भएर लागेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अचिकृत ऋषिराम आचार्य, वडा नम्बर ११ का अध्यक्ष रुद्रबहादुर पाठक, वडा नम्बर १० का अध्यक्ष अमरबहादुर क्षेत्री, वडा नम्बर ५ का अध्यक्ष नारायण लामिछने, जग्गादाता शितल कुंवर, वडा सदस्य अनिल कुंवर लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उद्धाटन कार्यक्रम चण्डी श्रीकाङ्ग क्लब का अध्यक्ष दिनेश कुंवरकाे अध्यक्षता, सचिव यमन कुंवरकाे स्वागत र पत्रकार दिपेश वि पौडेलको सन्चालनमा सम्पन्न भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!