पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा बजार व्यवस्थापन समिति गठन गरिएको छ ।
वडाभित्रका विभिन्न क्षेत्रमा बजार बिस्तार हुँदै गएपछि त्यसको व्यवस्थापनका लागि समिति गठन गरिएको हो । बस्तु तथा सामानको खरिदबिक्रि, मुल्यदर समायोजन, फोहोर संकलन तथा ब्यवस्थापन लगायतका कामहरुको सहजताका लागि बजार व्यवस्थापन समिति गठन गरिएको हो ।
नवगठित समितिको अध्यक्षमा गणेश कुँवर, उपाध्यक्षमा सुर्य केसि, सचिवमा बाबुराम पौडेल, कोषाध्यक्षमा डिल कुमारि गौतम आचार्य रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा खेमनारायण सापकोटा, धनन्जय सुवेदी, चिज कुमारी गुरुङ, भुवानीप्रसाद सुवेदी, कमला लामिछाने, पुनम विक, अर्जुन पौडेल, मन्जु पोखरेल, धन बहादुर कुँवर, शर्मिला सुवेदी, खिमलाल विस्वकर्मा रहनुभएको छ भने ठुलिपोखरि प्रहरी चौकिबाट प्रतिनिधि १ जना र वडा कार्यालयबाट प्रतिनिधि वडा सदस्य अन्जना कुमारी शर्मा रहनु भएको छ ।
आइतवार सम्पन्न व्यावसायीहरुको भेलालाई सम्वोधन गर्दै वडा अध्यक्ष झलक रिमालले उपभोक्ताहरुलाई सहज रुपमा बस्तु तथा सेवा उपलब्ध गराउनका लागि व्यावसायीहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले मित्रवत प्रतिस्पर्धा गर्दै व्यापार व्यावसाय गर्न आग्रह गर्दै ब्यावसायीहरुलाई आईपर्ने समस्या समाधानमा समेत एकजुट हुन आग्रह गर्नुभयो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता थियो ।






