पर्वतको मोदीमा अन्तर वडा स्तरीय पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता हुँदै - News site from Nepal

पर्वत- पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ ।
जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा विस्तार तथा नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गर्न थालिएको हो । जिल्लामा रहेका भलिवल खेलाडीहरु खेल क्षेत्रवाट पलायन हुँदै गईरहेका बेला खेल क्षेत्रद्धारै आयोजित जिल्लामै पहिलोपटक ठुलो राशिको भलिवल प्रतियोगिता हुन थालेको हो ।
अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने सवै खेलाडीहरु पर्वत जिल्लाकै स्थायी बासिन्दा हुने छन् । अन्तरवडा स्तरीय भलिवल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार १५ हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा पर्वत जिल्लाका विभिन्न वडाका गरी २५ भन्दा बढि टिम हुने आँकलन गरिएको छ । प्रत्येक वडाको समुहमा दुई जना बाहिरी खेलाडी राख्न पाईने छ । जुन पर्वत जिल्लाकै बासिन्दा हुनुपर्ने नियम रहेको छ ।
त्यसैगरी खुल्ला महिला भलिवल प्रतियोगितामा नेपालका जुनसुकै विभागीय वा अन्य समुहले प्रतिस्पर्धा गर्न पाउनेभएका छन् । महिला भलिल प्रतियोगिताका लागि प्रथम पुरसकार रु ५५ हजार ५ सय ५५ र द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ रहेको छ । टिम दर्ता शुल्क ३ हजार रहेको छ ।
हरेक समुहमा १२ जना खेलाडी, टिम कोच, सहकोच, र म्यानेजर गरी १५ जना सम्म सहभागि गराउन पाईने भएको छ । खेलमा सहभागि खेलाडी पर्वत जिल्लाकै हुनुपर्ने र वडा प्रमाणित गर्ने कागजात समेत हुनुपर्ने उल्लेख गरिएको छ ।
प्रतियोगिताको तयारीवारे आयोजक जिल्ला भलिवल संघले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगिताका करिब सवैजसो तयारी पुरा भएको संघका जिल्ला अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राजीव गुरुङ अर्थात दिपक मनाङ्गेले गर्नुहुने भएको छ । झण्डै २१ लाख रुपैया खर्च लाग्ने प्रतियोगिता पुरस्कार सौजन्य तथा अन्य विभिन्न सहयोगी निकाय र सहयोगदातावाट रकम संकलन गरिएको श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा भलिवल प्रतियोगिता हुने मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने, संघका महासचिब मुक्तिबहादुर कोईराला लगायतले प्रतियोगिताको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको संचालन मोदी गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्मा पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!