रामचन्द्र भुसाल
फलेवास – पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा रहेको मोती सामुदायिक पुस्तकालयले भव्य रुपमा १६ औँ पुस्तकालय दिवस मनाएको छ ।
पूस्तौँ पुस्ताको लागि पुस्तकालय भन्ने मुल नाराका साथ सप्ताहव्यपी रुपमा विविध कार्यक्रमहरुको आयोजना गरी मनाउन थालिएको पुस्तकालय दिवस भाद्र १५ गत मुल समारोहका साथसम्पन्न भएको हो ।
पुस्तकालयले सप्ताहव्यापी रुपमा सडक, पार्क तथा टोल सरसफाई अभियान, वातावरण मैत्री विरुवा गोडमेल कार्यक्र, पूस्तकालयभित्र रहेका पुस्तकहरुको उचित व्यवस्थापन तथा पुस्तकालय कक्ष सफाई, गृहिणि महिलाहरुको लागि कुर्सी दौड प्रतियोगिता, विद्यालयस्तरीय निवन्ध लेखन प्रतियोगिता, ट्याग गर्ल्सहरुको विचामा पुस्तकालयको महत्व शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आदिको आयोजना गरेको थियो ।
प्रतियोगितामा विजेताहरुलाई मुल समारोहका दिन पुरस्कार सँगै सम्मान गरीएको हो । मुल समारोहका दिन उत्कृष्ट वर्ष पाठक तथा आजिवन सदस्य कृष्ण राज पोख्रेल, साधरण सदस्य तथा उत्कृष्ट वर्ष पाठक शंकरपोखरी खल्डाँडा निवासि महेश भुसाललाई सम्मनपत्र द्धारा सम्मान गरीएको थियो भने पुस्तकालयलाई सहयोग गर्ने सामाजिक विकास कार्यालयका प्रमुख मोहन राज शर्मा, सव इन्जिनियर बाबुराम शर्मा लाई पनी सम्मान पत्र तथा मायाको चिनो प्रदना गरीएको थियो । यस्तै १६ औँ पुस्तकालय दिवसकै अवसमा लामो समयदेखि लाईब्रेरीयनको रुपमा कार्यरत कर्मचारी शुसिला लम्साललाई सम्मनपत्रद्धारा सम्मान गरीएको थियो । सवारी दुर्घटनामा घाईते हुनभएकी ट्याग गर्ल्स सुरक्षा रेग्मिको पउचार खर्चमा सहुलियत स्वरुप पुस्तकालयको तर्फबाट नगद रु ३० हजार प्रदान गरीएको थियो ।
पुस्तकालयकै तर्फबाट शिसु निकेतन आधारभुत विद्यालयको लागि २५० थान वाल साहित्य लगायतका पाठ्यपुस्तकहरु प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पुस्तकालय ज्ञान सिक्ने मन्दिर रहको बताउँदै सम्पुर्णमा पठन सँस्कृतिको विकास गराउन आग्रह गर्नुभयो । कार्यक्रममा खानिगाउँका वडाध्यक्ष नारायणप्रसाद लामिछाने, भवानि विद्यापिठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मि, अन्य छिमेकि विद्यालयका शिक्षकहरु, भवनपोखरा टोल विकास संस्थाका पदाधिकारी, आमा समुहका पदाधिकारी, मोती सिकाई केन्द्रका पदाधिकारी, मोति सामुदायिक महिला वचत तथा ऋण शहकारी संस्थाका पदाधिकारी, मोति महिला उद्यम सिलाई कटाई उद्योगका पदाधिकारी, ट्याग गर्ल्स, भवानि विद्यापिठ माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारी, रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसाल, लगायतको सहभागिता रहेको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ट्याग गर्ल्स यशोधा तिवारी र बरीष्ठ लाईब्रेरयिन ईन्द्र प्रसाद शापकोटाले गर्नुभएको थियो । पुस्तककालयले प्रत्येक वर्ष दिवसको अवसरमा फरक फरक खालका कार्यक्रमहरु गर्दै आईरहेको पनि बताईएको छ ।