साना किसान कृषि सहकारी संस्था बाजुङको साधारण सभा सम्पन्न, उत्कृष्ट कृषक र बचतकर्तालाई सम्मान - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङमा संचालित साना किसान कृषि सहकारी संस्थाको १३ औ साँधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले गरिब तथा विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउन ग्रामीण क्षेत्रमा संचालित सहकारी संस्थाहरुको ठुलो भूमिका रहेको बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरु नाफामुखि मात्र नभई सेवामुखि हुनुपर्नेमा जोड दिँदै जवसम्म बचतकर्ता वा ऋणिहरुको जीवनस्तर सुधार हुँदैन तबसम्म सहकारीहरु समेत फस्टानउ नसक्ने बताउनुभयो । उहाँले सहकारीहरुले स्वरोजगारमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । खाली बचत संकलन र ऋण लगानी मात्र नभई रचनात्मक कार्यमा लाग्न उहाँले सुझाव समेत दिनुभयो ।
आफुले निर्वाचन अघि जनता समक्ष युवाहरुलाई विदेश पलायन हुनवाट रोक्न स्वरोजगार सिर्जन ागर्ने र महिलाहरुको आत्मनिर्भरताका लागि सिपमुलक तालिम संचालन गर्ने विषयलाई जोड दिएको बताउँदै प्रदेश सरकार मार्फत आफुले गरेका प्रतिवद्धता पुरा गर्न हरदम प्रयास गर्नेसमेत बताउनुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम शर्मा पौडेल, वडा अध्यक्ष मनबहादुर अधिकारी लगायतले बोल्नुभएको थियो ।
सहकारीका अध्यक्ष महेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत हिरा गुरुङ र संचालन प्रवन्धक मोहन थापाले गर्नुभएको थियो । सो अवसरमा संस्थामा आवद्ध उत्कृष्ट कृषक, उत्कृष्ट बचतकर्ता र जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!