आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस - News site from Nepal
आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस

काठमाडौं : पुस १६ को अवसरमा नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप तथा एकता दिवस’ मनाउँदैछ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते मेलमिलापको नीतिसहित स्वदेश फर्किएको सम्झनामा कांग्रेसले यो दिवस मनाउँदै आएको छ।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा ​जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए। बीपीसहित नेता आठ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा गएका थिए।

मुलुक झन् अस्थिर बनेको भन्दै बीपी राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता कायम गरी देशको विकास गर्नुपर्ने भन्दै फर्किएका थिए। दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट देश बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै उनी त्यसबेला स्वदेश फर्किएका थिए। उनीसँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेता स्वदेश फर्किएका थिए।

राष्ट्रिय मेलमिलापको नीति बोकेर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!