पर्वत-आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि पर्वत काँग्रेसमा लर्को लागेको छ । पर्वत काँग्रेसले उम्मेदवार चयन प्रकृया शुरु गरी प्रदेश सभा क मा उम्मेदवारका लागि आव्हान गरिएकोमा २८ जना आकांक्षीले उम्मेदवारी दिएका छन् । प्रत्यक्षमा १० जना र समानुपातीकमा १८ जनाको नाम सिफारीस गरिएको हो । प्रत्यक्षमा उम्मेदवारका आकांक्षीमा कृष्णबहादुर खत्री क्षेत्री, रामशर्मा पौडेल, विप्लबजंग हमाल, राजकुमार क्षेत्री, गंगाधर पौडेल, नबराज गुरुङ, यामबहादुर मल्ल, शिवशर्मा अधिकारी, रामबहादुर प्रसाई र बसन्तबहादुर सिके रहनुभएको छ । प्रत्यक्षमा कुनैपनि महिलाको उम्मेदवारी नपरेको क्षेत्रीय सचिब केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
त्यसैगरी समानुपातीक उम्मेदवारमा डा. चुडामणी शर्मा, कुलबहादुर पुन, लेखनाथ पौडेल, प्रेम विक, मिना केसी, सोम पुन , सरस्वती शर्मा, रमेश पौडेल, जोगमाया प्रसाई, मिनबहादुर नेपाली, सिता काफ्ले लामिछाने, मिना कर्माचार्य, चन्द्रबहादुर जिसी, कलावती पुरी, बलभद्र शर्मा, लालकुमारी सिके, टंक सुवेदी र इश्वरी पाठकको नाम सिफारीस गरिएको क्षेत्रीय सचिब केशव उपाध्यायले जानकारी दिनुभयो । नेपाली काँग्रेस पर्वत क्षेत्र क ले मंगलवार १ बजेदेखि बुधवार १ बजेसम्म आवेदन दिन माग गरेको थियो ।
त्यस्तै जिल्ला कार्यसमितिले बुधवार सुचना प्रकाशित गरी १७ गते दिउँसो १ बजे सम्म प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन माग गरेको छ ।






