कुश्माको चुवामा वडा कार्यालयको भवन निर्माण सम्पन्न, नयाँ भवनवाट सेवा सुचारु - News site from Nepal

पर्वत १ साउन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यलयको निर्माण कार्य सम्पन्न भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वागलुङद्धरा निर्माण गरिएको भवनको सोमवार एक समारोह बीच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उघाटन गरेका छन् । भवन उद्घाटन गदैै नगरप्रमुख जोशीले आफ कुश्मा नगरपालिकामा निर्वाचित भएको झण्डै साढे ९ वर्षमा धेरै पुर्वाधार विकासका कामहरु भएको बताए । दुई कार्यकालमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, बिद्युत, सिंचाईका क्षेत्रमा थुपै्र काम गर्न सफल भएको बताउँदै नागरिकरुले स्थानीय सरकारको अनुभूति पाउनेगरी काम गरेको दावी गर्नुभयो । उहाँले बाकी रहेको समयमा पनि अधुरा कामहरु पुरा गरेर छाड्ने दावी गरे ।
जोशीले सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयसँग सहकार्य गरेर गत आर्थिक वर्षमा नगरका दुई वडा कार्यलयका भवन, एक व्यावसायिक भवन र नौ किलोमिटर सडक कालोपत्रे गरिएको बताए ।
एक करोड ४० लाखको लागतमा निर्माण भएको भवनमा सातवटा कार्यकक्ष सहित एक सभाहल समेत रहेको छ । पुरानो भवन भुकम्पले जिर्ण बनाएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने भएको छ ।
कुश्मा नगरपालिका वडा नं. ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसीले पुरानो जीर्ण भवनवाट सेवा प्रवाहमा समस्या भएको बताउँदै अबदेखि नागरिकलाई दैनिक सेवा प्रवाहका साथै सभा सम्मेलन, गोष्ठि तथा सामाजिक कार्यक्रमहरु गर्नका लागि पनि सहज भएको बताए । उनले आजदेखिनै वडा कार्यालय नयाँ भवनबाट सुचारु गरिने बताए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल प्रमुख प्रशासकिय अधिकृत किरण पौडेल, कुश्मा नगरपालिका वडा नंं. ६ का अध्यक्ष इश्वर गिरी, वडा नं. १२ का अध्यक्ष झलक रिमाल लगायतले सरकारी सेवा प्रवाह गर्नका लागि भौतिक पुर्वाधार पनि सुविधायुक्त हुनुपर्ने बताउँदै बिस्तारै कुश्मा नगरपालिका समृद्ध बन्दै गएको बताएका थिए ।
गत आर्थिक वर्षमा कुल ४९ करोड बजेट मार्फत कुश्माका वडा न ८ को वडा कार्यालयको भवन र वडा नं. १ पाङको पनि वडा कार्यालय भवन निर्माण गरिएको हो । योसँगै कुश्मा नगर पालिका ५ वडागाउँमा व्यवसायिक भवन र नगरका १४ वटै वडामा गरी गत वर्षमा नौ किलोमिटर सडक कालोपत्र भएको बताईएको छ ।
गत साउन ३० गते शिलन्यास गरिएको भवन एक वर्षकै अवधिमा सम्पन्न भई सेवा समेत सुचारु भएको नगरले जनाएको छ ।
तस्विर पनि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!