पहिरोले ठाउँठाउँमा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु - News site from Nepal

पर्वत – मंगलवार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित तमादीखोला, दोविल्ला र मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिवाट झरेको पहिरोका कारण गएरातीदेखिनै सडक अवरुद्ध भएको सडक केहिवेर अघिदेखि सुचारु भएको हो ।
तमादीखोला र सुन्दरेखोलामा आएको बाढी र भ्याप्लेमा भिरवाट झरेको पहिरोले सडक अवरुद्ध भएको थियो । तीन वटै ठाउँको पहिरो पन्छाएर यातायात सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए ।
तीनवटै ठाउँमा सडक पन्छाएर दुईतर्फि नै यातायात सुचारु गरिएको उहाँको भनार्य रहेको छ ।
सडक अवरुद्ध हुँदा अलपत्र बनेका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङवाट अन्यत्रका लागि छुटेका र अन्यत्रवाट धौलागिरिका चार जिल्लाका लागि आएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
गथ वर्षमात्रै निर्माण सम्पन्न भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा सामान्य वर्षा हुँदासाथ सडक अवरुद्ध हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!