फलेवासको पाङराङमा आलु खेति सम्बन्धि एक दिने अभिमुखिकरण - News site from Nepal
फलेवासको पाङराङमा आलु खेति सम्बन्धि एक दिने अभिमुखिकरण

रामचन्द्र भुसाल
फलेवास – पाङराङमा आलु खेति सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाभित्रका कृषकहरुको सहभागितामा आलु खेति गर्ने तरिका तथा विसादिको प्रयोग र विउविजन लगायतका कुराहरुको बारेमा जानकारी गराईएको थियो ।
फलेवासका कृषि अधिकृत केदार शापकोटाले कृषकहरुलाई खतिवालि लगाउने तरीकाको बारेमा जानकारी गराउनुको साथैविउ छनौट गर्ने, सिचाँईको व्यवस्थापन गर्ने, विषदि प्रयोग गर्ने तरीका, रोग तथा किराको निकारण गर्ने उपाय, बजार व्यवस्थापन, भण्डारण गर्ने विधि लगायतका कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले उब्जाएको खेतिबालिले बजार नपाउने गुनासो गरेका थिए, संगै कृषिमा प्रविधिको प्रयोग हुन नसकेको जस्ता समस्याहरु रहेको हुँदा स्थानिय पालिकालाई त्यसको व्यवस्थान गर्न अनुरोध गरेका थिए । फलेवास नगरपालिकाकि उप्रमुख शोभा कुमारी क्षेत्री, नगर प्रवक्ता अच्युत तिवारी, लगायतले बोल्नुभएको थियो ।
पाङ्राङका वडाध्य रुद्र बहादुर पाठकको अध्यक्षताम सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य कला नेपालीले राख्नुभएको थियो भने, सञ्चालन स्थानिय याम प्रसाद भट्राईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!