पर्वतको खौलामा आगालागीवाट किराना पसल जलेर नष्ट, रु २५ लाखको क्षति - News site from Nepal

पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगालागी भएको छ ।
कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पुसलमा आगालागी भएको हो । शुक्रवार राती १२ बजेको समयमा लागेको आगालागीवाट पसलमा बिक्रिका लागि राखिएका सम्पुणर् सामाग्री सहित घर जलेर नष्ट भएको छ । घर पुणर् रुपमा नष्ट भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । स्थानीयवासी र प्रहरीको सक्रियतामा राती अबेर आगो नियन्त्रणमा लिईएको थियो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ठुलिपोखरीबाट गएको प्रहरीले क्षतिको विवरण संकलन गरी मुल्यांकन गर्दा झण्डै रु. २५ लाख रुपैयाको क्षति भएको वडा नं. १३ का वडा अध्यक्ष तेजप्रसाद शर्माले जानकारी दिनुभयो ।
विद्युत सर्ट भएर आगालागी भएको हुनसक्ने अनुमान गरिउको भएपनि घटनाको सत्य तथ्य अनुसन्धान पश्चात् जानकारी दिईने प्रहरीले जनाएको छ । पसल सहित घरनै नष्ट भएपछि कुँवर परिवारको विचल्ली भएको छ । उक्त परिवारको राहत र क्षतिपुर्तिका लागि आवश्यक पहल गरिने वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!