लायन्स क्लव अफ शिवालय र मोदीकालीको शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम - News site from Nepal

पर्वत- पर्वतमा सक्रिय दुईवटा लायन्स क्लवको आयोजनामा महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ शिवालय कुश्मा र लायन्स क्लव अफ पर्वत मोदीकालीको आयोजनामा शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा बोल्दै लायन्स क्लवका डिस्ट्रिक्ट चिफ एड्मिनिस्टर बसन्त कर्माचार्यले धर्म संस्कृति र चाडवाडको संरक्षण गर्नु हामी सवैको दायित्व भएको बताउनुभयो । उहाँले हरितालिका तीज पर्व महिलाहरुले स्वतन्त्रता महसुस गर्ने दिन समेत भएकाले यसलाई तडक भडक नगरि संस्कृतिलाई कायम राख्न हिसावले मनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डिस्ट्रक्ट असिस्टेन्स चिफ एड्भाईजर काशीकुमर जोशी, जोन चियर पर्सन पुष्पा पौडेल लगायतले बोल्नुभएको थियो । लायन्स क्लव अफ पर्वत मोदीकालीका अध्यक्ष मानसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत लायन्स क्लव अफ शिवालयका अध्यक्ष रुद्रप्रसाद शर्माले गर्नुभएको थियो ।
सो अवसरमा जिल्लामा क्रियाशिल सवैजसो लायन्स क्लवमा आवद्ध लायन्सकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!