पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङबाट ठुलो परिमाणमा लागु औषध सहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोदी गाउँपालिका वडा नं.२ देउपुर बस्ने सचिन सार्की र जिल्ला तनहु सुक्लागण्डकी नगरपालिका वडा नं.१ दुलेगौडा स्थायी वतन भई हाल जिल्ला पर्बत मोदी गाउँपालिका वडा नं. २ बस्ने अजय पुन, सोहि ठाउँका दिनेश गर्वुजा र बिजय पुन रहेका छन् । उनिहरुले लागु औषध सेवन तथा बिक्रि बितरण गर्दै आएको भन्ने बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सचिन सार्की र अजय पुनबाट लागुऔषध फेनेरागन १६ एम्पुल, र डाईजेपाम १६ एम्पुल र नुर्फिन १६ एम्पुल बरामद गरेको हो । त्यसैगरी सचिन सार्कीको घरकोठा खानतलासी गर्दा फेनेरागन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल गरी जम्मा १५ एम्पुल गरी कुल ६३ एम्पुल रितपुर्बक बरामद गरिएको । उनिहरुलाई शनिवार दिउँसो पक्राउ गरिएको थियो ।

त्यसैगरी लागु औषध सेवन तथा बिक्रि बितरण गर्दै आएको विशेष सुराकीको आधारमा जिल्ला सोहि ठाउँका दिनेश गर्वुजा पुन र बिजय पुनलाई दिनेश गर्वुजा पुनको घर कोठामा बसिरहेको अबस्थामा फेला पारी थप लागुऔषध सहित पक्राउ गरिएको छ । उनिहरुवाट फेनेरागत ७९ एम्पुल, डाइजेपाम ७६ एम्पुल र नुर्फिन ७८ एम्पुल गरी २३३ एम्पुल र प्रयोग नभएको सिरिन्ज ३ थान बरामद गरीएको प्रहरी निरिक्षक प्रकाश राउतले जानकारी दिनुभयो । पक्राउ परेका चारै जना विरुद्ध लागु औषध सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी पर्बत जिल्ला अदालतबाट पहिलो पटक दिन १० को म्याद थप गरिएको राउतले जानकराी दिनुभयो ।






