पर्वत प्रहरीमा कार्यरत हबल्दार राना बने भदौ महिनाको उत्कृट प्रहरी - News site from Nepal

पर्वत- जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत लालबहादुर राना भदौ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी बनेका छन् । खोज तथा सुचना संकलन शाखा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी हवल्दार रानालाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी एक कार्यक्रमका विच सम्मान गर्नुभएको छ ।
सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई दिईएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तब्यनिष्ठ भई सुचना संकलन गरि ठूलो परिमाणमा लागु औषध सेवन तथा ओसारपसार गर्ने व्यक्तिहरुलाई पक्राउ गर्न सक्रिय भूमिका निर्वाह गरेको र विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याई उत्कृष्ट कार्य गरेको भन्दै रानालाई उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
रानाद्धारा सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यलय पर्वतको भाद्र महिनाको उत्कृष्ट प्रहरी” बेष्ट पुलिस अफ द मन्थ घोषणा गरिएको हो । उनि लामो समयदेखि खोज तथा अनुसन्धानमा सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!