मोदी गाउँपालिकामा भोली सार्वजनिक विदा दिने घोषणा - News site from Nepal
मोदी गाउँपालिकामा भोली सार्वजनिक विदा दिने घोषणा

पर्वत- पर्वतको मोदी गाउँपालिकाले भोली सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीज अन्तर्गत दर खाने दिनको अवसरमा सार्वजनिक विदा दिने निणर्य गरेको हो । भोली गाउँपालिका अन्तर्गत सवै सरकारी, गैरसरकारी, सार्वजनिक सेवाका कार्यालयहरु बन्द रहने अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल गौतमले विज्ञप्ती प्रकाशित गर्दै महिलाहरुको महान पर्व र त्यसको मूख्य दिन दरखाने दिनको अवसरमा पालिकाले सार्वजनिक विदा दिने निणर्य गरेको हो । पालिका अध्यक्ष नै महिना भएकाले पनि यस्तो निणर्य गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!