पर्वतका औषधी व्यावसायी पौडेल सम्मानित - News site from Nepal
पर्वतका औषधी व्यावसायी पौडेल सम्मानित

पर्वत- पर्वतका औषधी व्यावसायी तथा समाजसेवी राजेश पौडेल सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय फार्मेसी दिवस २५, सेप्टेम्बरका अवसरमा पौडेल सम्मानित हुनुभएको हो ।
उहाँलाई नेपाल फार्मेसी संघ गण्डकी प्रदेशले दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो । गण्डकी प्रदेशमा लामो समयदेखी स्वास्थ्य क्षेत्रमा क्रियाशील रही योगदान पुर्‍याएका अनुभवी फार्मेसिस्टलाई सम्मान गर्ने प्रावधान अनुसारसंघले पौडेललाई सम्मान गरेको हो ।
फार्मेसिस्ट राजेश पौडेल औषधी व्यवसायी संघ पर्वतका संस्थापक अध्यक्ष समेत रहनुभएको छ भने राजेश मेडिकल हलका संचालन समेत रहनुभएको छ । उहाँ अन्य सामाजिक संघसंस्थामा समेत क्रियाशील हुनुहुन्छ ।
कार्यक्रममा फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनाल, गण्डकी मेडिकल कलेजका प्रोफेसर डाक्टर रबिन्द्र श्रेष्ठ लगायतले भनाइ राखेका थिए । नेपाल फार्मेसी संघ गण्डकी प्रदेशका अध्यक्ष फार्मेसिस्ट विन्दु मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव सुवणर् पन्तले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!