बिहादीको मातृभूमि आधारभूत विद्यालयमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग - News site from Nepal

पर्वत : जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीमा रहेको मातृभूमि आधारभुत विधालयलाई हरितालिका तिज–२०७९ को अवसरमा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वत अन्तर्गतको महिला विभागको आयोजनामा विद्यालयमा अध्ययनरत ३२ जना विधार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। तिजको अवसरमा राखिएको दर खाने कार्यक्रम अन्तर्गत नाचगान सहित विद्यालय परिवारको माझमा तिज मनाउँदै विद्यालयको लागि विद्यालयलाई मास्क, सेनीटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको हो।
कार्यक्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतका अध्यक्ष दुर्गा पौडेल, सचिव टंकलाल भुषाल, उपाध्यक्ष सुरेन्द्र गौतम, पालिका अध्यक्ष खगेश्वर न्यौपाने, बाबुराम उपाध्याय लगायतले शुभकामना मन्तब्य राखेका थिए। जिल्ला समिति उपाध्यक्ष कमला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश अध्यक्ष हरि बहादुर लामिछाने रहेका थिए। उक्त कार्यक्रमको सञ्चालन जिल्ला समिति सदस्य सुमित्रा शर्माले गरेकी नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतका कोषाध्यक्ष देवेन्द्र पौडेलले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!