पर्वत- पर्वतको जलजला गाउँपालिकाले महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयोग उपलब्ध गराउने भएको छ ।
नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालु आ.व. २०७९/८० को स्विकृत वार्षिक कार्यक्रम अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बीस जना महिला उद्यमीलाई प्रविधि सहयोग उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले सुचना जारी गर्दै प्रविधि सहयोग लिन इच्छुक महिला उद्यमी तथा महिला उद्यमीहरुको समुहले यहि पौष १५ गते भित्र गाउँपालिकाको कार्यालयमा आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेको छ ।
महिला उद्यमी तथा महिला उद्यमी समूहले सहयोग लिनका लागि पालिकामा उद्योग व्यवसाय दर्ता वा दर्ता नविकरणको प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर वा मुल्य अभिवृद्धी कर दर्ताको प्रमाणपत्रको प्रतिलिपी, कर दाखिला गरेको प्रमाणपत्र वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, आवश्यकता अनुसार व्यवसायिक इजाजत पत्रको प्रतिलिपी, व्यावसायिक योजना, माग गरेको प्रविधि र सो प्रविधिको क्षमता लगायत कागजपत्र पेश गर्नुपर्ने पालिकाका अधिृकत प्रताप शर्माले जानकारी दिनुभयो ।






