पर्वतको विहादीमा नेपाली काँग्रेसकी प्रभावशाली नेतृ गुरुङ एमालेमा प्रवेश - News site from Nepal

पर्वत- नेपाली काँग्रेसकी प्रभावशाली नेतृ एमालेमा प्रवेश गर्नुभएको छ । पर्वतको बिहादी गाउँपालिका वडा न ४ वहाकी लौके निवासी आशा कुमारी गुरुङ नेपाली काँग्रेस परित्याग गरि एमाले प्रवेश गर्नुभएको हो ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि अगुवाई गर्दै आउनुभएकी नेतृ गुरुङ नेकपा एमालेको चुनावी अभियानका क्रममा आयोजित विशेष समारोहमा पार्टी प्रवेश गर्नुभएको हो । लामो समय काँग्रेमा लागेपनि आफ्नो योगदान र सक्रियताको मुल्यांकन नभएको र नेकपा एमालेवाट मात्रै यो मुलुकको समृद्धि र विकास सम्भव भएको भन्दै उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
नेकपा एमालेलाई जिताउनका लागि हरदम प्रयासरत रहने समेत उहाँको उद्घोष छ । नेपाली काँग्रेसले गलत तत्वहरुसँग सम्झौता गरेर आफ्नो अस्तित्व नै समाप्त पार्न बाटोमा लागेको उहाँको आरोप छ । उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाई, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी, प्रदेश ख का उम्मेदवार मित्रलाल बस्यालले फुलमाला र खादा लगाएर स्वागत गर्नुभएको एमाले चुनाव प्रचारप्रसार समिति संयोजक जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
साथै उम्मेदवार गिरीले नवप्रवेशी गुरुङलाई नेकपा एमालेले तत्काल प्रभावकारी जिम्मेवारी दिने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!