नेकपा एकीकृत समाजवादी पर्वतका ६ जना नेता एमालेमा प्रवेश - News site from Nepal
नेकपा एकीकृत समाजवादी पर्वतका ६ जना नेता एमालेमा प्रवेश

पर्वत- नेकपा एकीकृत समाजवादी पर्वतका ६ जना नेता एमालेमा प्रवेश गरेका छन् ।
आइतवार एमाले पर्वतको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाई, केन्द्रीय सदस्य तथा सह-इन्चार्ज पदम गिरी, प्रदेश सचिबालय सदस्य मेघनाथ सुवेदी लगायतले टिका र खादा लगाएर स्वागत गर्नुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा एकीकृत समाजबादी पर्वतका सचिबालय सदस्य तथा समाजवादी प्रेस संगठन म्याग्दीका संयोजक लोकनाथ भुसाल घायलश्री, समाजवादी निकट किसान महासंघ पर्बतका अध्यक्ष दिपक भुसाल, युवा संघ नेपाल फलेबास नगर कमिटी अध्यक्ष सुमन गौडेल, वडा कमिटी सदस्य कुमारी नेपाली, अनेरास्ववियु जिल्ला कमिटी सह-सचिब उदय भुसाल र युवा संघका वडा कमिटि सहसंयोजक प्रकाश गौडेल एमालेमा प्रवेश गर्नुभएको हो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य चापागाईले नेकपा एमालेमा प्रवेश गर्ने लहर देशभरीनै चलेको बताउँदै नवप्रवेशीहरुलाई महत्वपुणर् जिम्मेवारी दिईने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेलाई बिजयी बनाउन सवै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद पदम गिरीले यो मुलुकको भविष्य निर्माण गर्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताउँदै प्रतिकृयावादीहरुको षडयन्त्रले केहि नहुने बताउनुभयो । उहाँले आगामी निर्वाचन सम्म पर्वतमा एक हजार भन्दा बढि कार्यकर्तालाई एमालेमा प्रवेश गराउने बताउँदै त्यसको शुरुवात मुडिकुवाबाट भएको बताउनुभयो । युवा नेता गिरीले गठवन्धनधारी पार्टीहरुमा लागेर भविष्य अन्धकार नबनाउन आग्रह गर्दै आगामी निर्वाचनपछि पनि नेकपा एमाले नै मुलुकको पहिलो दल हुने बताउनुभयो ।
कार्यक्रममा नवप्रवेशी एकीकृत समाजवादीका नेता घायलश्रीले पार्टीमा उचित जिम्मेवारी र अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फलेवास नगरकमिटि अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!