जलजला गाउँपालिकाको बजेट ४९ करोड ६५ लाख (पुणर् पाठसहित) - News site from Nepal
जलजला गाउँपालिकाको बजेट ४९ करोड ६५ लाख (पुणर् पाठसहित)

पर्वत – जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको बजेट पारित भएको हो । बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । जलजलामा आर्थिक उपार्जनको मुख्य स्रोतका रुपमा रहेको कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समग्र कृषिको आधुनिकीकरण, ब्यावसायिकरण र यान्त्रिकरणको नीति अवलम्बन गर्दै योजनाबद्ध सामुहिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने अध्यक्ष राजु आचार्यले बताउनुभयो ।
आचार्यका अनुसार भौगोलिक क्षेत्र, हावापानी, माटो र वातावरण अनुकुलको उच्च प्रतिफल दिने कृषि बाली तथा पशुपन्छीपालनको संभाब्यता अध्ययनबाट ठाउँ सुहाउँदो उत्पादनलाई प्रबद्र्धन गर्न पकेट क्षेत्र कार्यक्रम गरिनेछ । गाउँपालिकाभित्र उत्पादन हुने विभिन्न ताजा तरकारी आलु, धान, मकै तथा बेमौसमी तरकारी, फलफुललगायतका फसलको उत्पादन बृद्धिका लागि ब्लक, पकेट क्षेत्र अध्ययन गरी बिभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्षले नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ । ‘हाम्रो उद्देश्य कृषिक्षेत्रको उत्पादन बृद्धि होस, यहाँका हरेक घरपरिवारले कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकुन र घरमै बसेर स्वरोजगार बनुन भन्ने हो’ आचार्यले भन्नुभयो । आगामी आर्थिक बर्ष जलजला गाउँपालिकाले कृषिमा एक करोड ३० लाख कृषिको बजेट एक करोड ७० लाख पु¥याएको छ । चालु आर्थिक बर्ष जलजला गाउँपालिकामा कृषितर्फ ४० लाख बजेट बिनियोजन भएको थियो ।
यसैगरी गाउँपालिकाले शिक्षा क्षेत्रमा पनि बजेट बृद्धि गरेको छ । चालु आर्थिक बर्ष एक करोड बजेट शिक्षामा बिनियोजन गरेको जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेटमा ७० लाख रुपैयाँ थप गरी एक करोड ७० लाख पु¥याएको छ । सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्न विशेष अभियान सञ्चालन गर्नेगरी जलजला गाउँपालिकाले १८ दशमलब ८८ प्रतिशत बजेट बिनियोजन गरेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । जलजला गाउँपालिकाले कृषिमा एक करोड ७० लाख (१८ दशमलब ८८ प्रतिशत), स्वास्थ्यमा ६० लाख (६ दशमलब ६६ प्रतिशत), पशु सेवामा ६० लाख (६ दशमलब ६६ प्रतिशत), पुर्वाधार विकासमा दुई करोड (२२ दशमलब २२ प्रतिशत), सुशासन तथा संस्थागत विकासमा पाँच लाख (० दशमलब ५६ प्रतिशत), वातावरण तथा विपद् ब्यवस्थापनमा ५० लाख (५ दशमलब ५५ प्रतिशत), पर्यटन १० लाख (१ दशमलब ११ प्रतिशत), महिला बालबालिका तथा जेष्ठ नागरिक ४० लाख (४ दशमलब ४४ प्रतिशत) बजेट बिनियोजन गरेको छ ।
त्यसैगरी बिधेयक तीन लाख (० दशमलब ३३ प्रतिशत), भैपरी विविध नौ लाख (१ प्रतिशत), युवा तथा खेलकुद १० लाख (१ दशमलब ११ प्रतिशत), मेसिन उपकरण ६० लाख (६ दशमलब ६६ प्रतिशत), समुहमार्फत साझेदारी कोष कार्यक्रम ४० लाख (४ दशमलब ४४ प्रतिशत), न्यायिक समिति तीन लाख (० दशमलब ३३ प्रतिशत) र खानेपानी सिंचाईका लागि भैपरी बिविध १० लाख २८ हजार (१ दशमलब १४ प्रतिशत) गरी नौ करोड २८ हजार बिकास बजेट बिनियोजन गरिएको छ ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले गाउँपालिकामा आगामी आर्थिक बर्षमा कुल बजेटको आकार ४९ करोड ६५ लाख २८ हजार रुपैयाँको अनुमान गरिएको जानकारी दिनुभयो । क्षेत्रीले बजेटले कृषि र शिक्षामा ठुलै परिवर्तन ल्याउने उद्देश्यले बजेटमा प्राथमिकतामा परेको पनि बताउनुभयो । उहाँले जलजला गाउँपालिकाको १२ औ गाउँसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र त्यसका लागि सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेतालगायत सबैलाई धन्यबाद पनि दिनुभयो ।

अध्यक्ष राजु आचार्यले जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक नीति तथा कार्यक्रम
आदरणीय गाउँसभाका सदस्यहरु,
उपस्थित सम्पूर्ण अतिथिहरु, कर्मचारीहरु, पत्रकार तथा सम्पुर्ण महानुभावहरु ।
मिति २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको दोस्रो आवधिक निर्वाचनको माध्यमवाट जलजला गाउँपालिकाका जनप्रतिनिधिको रुपमा हामीहरु यहाँ उपस्थित भएका छौ । स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थालार्इ थप मजवुद्ध बनाएको छ । यस सुखद अवसरमा गाउँसभाको यस गरिमामय सभालार्इ सम्वोधन गर्न पाउँदा मलार्इ गौरवको महसुस भएको छ । नेपालको संविधान बमोजिमसार्वभौम जनताले आफूमा निहितस्वशासनको अधिकारको प्रयोगद्धारा प्रतिनिधिको रुपमा हामीहरुलार्इ विजयी गरार्इ गाउँपालिका सञ्चालनको अभिभारा सुम्पिनुहुने सम्पूर्ण जलजलावासी जनताहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । प्रचलित कानून बमोजिम समन्वय, सहकार्य र सहअस्तित्व कायम गरी जनसेवा र जनआकांक्षा पुरा गर्दै समुन्नत जलजला निर्माण गर्ने हामी सबैको साझा लक्ष्य हासिल गर्ने दिशामा हाम्रा काम कारवाहीहरु अगाडि बढाउनका लागि हामी सबै जनप्रतिनिधिहरु दृढ संकल्पित छौं।

नेपालको युगान्तकारी अग्रगामी परिवर्तनका लागि विभिन्न कालखण्डमा सत्याग्रह लगायत सवै खालका नागरिक आन्दोलनमा उत्रिर्इ त्याग समर्पण तथा वलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञातअमर शहीदप्रति भावपूर्णश्राद्धान्जलीअर्पण गर्दछु । शहीद, बेपत्तातथा घाइते परिवारप्रति सम्मान सहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यसैगरी राष्ट्रियता, लोकतन्त्र, गणतन्त्रर जनजीविकाको आन्दोलनको नेतृत्व गर्नु हुने सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरूले पुराउनुभएकोअमूल्य योगदानको स्मरण गर्न चाहन्छु।
प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण यस गाउँपालिकामासामाजिक सद्भाव र सहअस्तित्वमा आधारित एकताबद्ध, सभ्यर सुसंकृत समाज निर्माण गर्ने नीति गाउँपालिकाले लिएकोछ। समाजमा विद्यमान सबै प्रकारका विभेद,वञ्चितिकरणरअसहिष्णुताको अन्त्य गरी समन्यायिक, समतामूलक र समृद्ध समाजको निर्माण गर्न गाउँपालिका प्रतिबद्ध रहेको छ।नागरिकको हक अधिकारको रक्षा गरी आर्थिक बृद्धि, सुशासन र विकासकोमाध्यमबाट सबल र समृद्ध जलजला बनाउने सोचका साथ जलजला गाउँपालिका निरन्तर क्रियाशील रहेको छ।
नेपालको संविधानलेनिर्दिष्ट गरेका राज्यका निर्देशक सिद्धान्त रनीति, नेपाल सरकारले अंगिकार गरेको समष्टिगत आर्थिक नीति,प्रदेश सरकारले अंगिकार गरेको आर्थिक निति,पन्ध्रौं योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षिययोजना, दिगोविकासका लक्ष्य, गाउँपालिकाका विषयगत शाखा र समिति, राजनीतिकदल, उद्योगी, व्यवसायी लगायतका निजी क्षेत्र र नागरिकसमाजको सुझाव तथा जलजला बासी नागरिकको विकासका चाहनातथा गाउँपालीकले अघिल्लावर्षमा अबलम्बन गरेका नीतिसमेतका आधारमा यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ।
सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी गाउँपालिकाको सर्वाङ्गीण विकास गर्ने स्पष्ट दृष्टिकोण, गन्तव्य र लक्ष्य सहितजलजला गाउँपालिका तीव्र गतिमा अगाडि बढिरहेको अवस्थामा एकातर्फ कोभिड१९ को संक्रमणको सामना गर्नु पर्यो भने अर्कोतर्फ गाउँपालिकाको राजस्व आम्दानीको मुख्य श्रोतको रुपमा रहेको क्षेत्राधिकारभित्रको नदीजन्य पदार्थ ढुङ्गा गिट्टी वालुवावाट राजस्व संकलन गर्न विभिन्न वाधा अड्चनहरु सामना गर्नुपर्दागाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका समग्र गतिविधि प्रभावित भएका छन् । यस विषम परिस्थितिको बावजुतगाउँपालिकाले हासिल गरेका केहीमहत्त्वपूर्ण उपलब्धिहरू सम्मानित सभा समक्ष प्रस्तुत गर्नचाहन्छु।
उपस्थित सभा सदस्य एवं महानुभावहरु
– विधिको शासनमा आधारित पारदर्शी, जवाफदेही, परिणाममुखी र नागरिकमैत्री शासन व्यवस्था कायम गर्न महत्वपूर्ण कानूननिर्माण गरिएको छ। हालसम्म ११ वटा ऐन, ४ वटानियमावली, ३४ वटा कार्यविधि, निर्देशिका र मापदण्डहरु पारित भर्इ लागूगरिएको छ।
– गाउँपालिका विकास नीति तथा आवधिक योजनामा मार्गनिर्देशन दिन जलजला गाउँपालिकाको त्रिवर्षिय आवधिकयोजना २०७८/७९–२०८०/८० तयार गरिएको छ।
– नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी केन्द्रतोकिएकै स्थान जलजला–४ लामाखेतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नका लागि हाल गाउँपालिका कार्यालय रहेको स्थान देखि उत्तर तर्फ करिव ८ रोपनी जग्गा खरिद गरी बहुउद्देश्यि सभाहल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । उक्त स्थानमा जनताको सहज पहुँचका लागि कच्ची सडक तथा पैदलमार्गले जोड्ने कार्य भै सकेको छ भने स्तरोन्नतीका लागि समेत गाउँपालिकाले पहल गरिरहेको छ ।
– बिदेशी मुलुकहरुमा विभिन्न पेशा, व्यवसाय गरी बसेकानेपाली र विभिन्न सामाजिक संघसंस्थालाई जलजला गाउँपालिकामालगानी गर्नआह्वान गरिएको छ । गाउँपालिकाले गैर(आवासीय नेपाली संघलाई जलजला गाउँपालिकामा पर्यटन, कृषि, ऊर्जा, उद्योग, सेवा लगायतका क्षेत्रमा लगानीगर्न आह्वान गरेको छ।
– पौराणिक धार्मिक स्थल कालञ्जर जलजला हम्पाल क्षेत्रको धार्मिक र पर्यटकिय महत्वलार्इ उजागर गर्दै देश विदेशमा चिनाउने गरि यसै वर्ष महायज्ञ सम्पन्न भएको छ ।गण्डकी प्रदेश सरकारको समन्वय र सहयोगमा १ अरब ४० करोड लागत अनुमानको विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत तयार गरिएको छ।
– गाउँपालिका केन्द्र देखि सबै वडा कार्यालय र सबै वडा जोड्ने सडक खण्डहरुको डिपिआर गरि सडकहरुको स्तरोन्नतीको काम क्रमशः भैरहेको छ । वारी बेनि बर्सपार्क पिच गरिएको छ।
– नेपाल सरकारको सघन सहरी विकास परियोजना अन्तर्गत वडा नं २,३,४ मा एकीकृत बस्ती बिस्तारको काम शुरुहुदै छ । अन्य वडामा समेत त्यसको गुणात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।
ड्ड एक गाउँपालिका एक अस्पताल कार्यक्रम अन्तरगत वडा नं। ३ मा गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माण कार्य भैरहेको छ । त्यसैगरीवडा नं। २ मा पालिका स्तरीय औधोगिक ग्राम निर्माणाधिन अवस्थामा छ ।
– गाउँपालिका स्थापनाको क्रममा वडा विभाजन भर्इ स्वास्थ्य चौकी नभएका वडा नं. २ र ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भर्इ सञ्चालनमा रहेका छन । त्यसैगरी आवश्यकता अनुसार नाग्लिवाङको फर्से र शालिजाको भोटेडाडा, लेखफाँटकोरातमाटा, लोप्रे,मल्लाज वडा नं.२, पूर्णगाउँ र बनौ डाँडाखोरमा स्वास्थ संस्थावाटजनशक्तिको समुचितव्यवस्थापन गरी सामुदायिक स्वास्थ्य ईकाई मार्फत सेवा संचालन गरिएको छ।
ड्ड गाउँपालिकाका विभिन्न स्थानहरुमा खेलमैदान, सामुदायिक भवन,आमा समुह तथा युवा क्लव भवन र गोरेटो वाटोहरु बनाउने कार्य भै रहेका छन् ।
ड्ड शिक्षा क्षेत्रमा भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाका प्रायः सवै सामुदायिक विद्यालयहरुमा नयाँ(नयाँ पक्की भबन तथा शौचालयहरु निमार्ण भएका छन् । केही विद्यालय भवन निर्माणाधिन अवस्थामा रहेका छन् । अंग्रेजी माद्यमवाट पठन पाठन सञ्चालनका लागि निशुल्क पाठ्यपुस्तक वितरणको कार्य हुँदै आएको छ । बाल कक्षालाई नयाँ मोडेलमा सञ्चालन गर्नेगरी कार्यक्रम अगाडि बढाईएको छ। सो कार्यका लागि २१ प्रकारका सामग्री वितरण गरिएको छ । शिक्षकहरु दरवन्दी मिलान गरी रिक्त दरवन्दीमा सरुवा तथा खुल्ला पदपूर्तिको कार्य हुँदै आएको छ । शिक्षालाई प्रविधिमैत्री बनाउन सबै विद्यालयहरुमा कम्प्यूटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसीन, साइन्स ल्याब, पुस्तकालयका कार्यक्रम सञ्चालन गरिएको छ । चालु आ.व. मा प्रा.वि. तहका ३० विद्यालयलार्इ फोटोकपी मेसिन र ७ विद्यालयलार्इ ल्यापटप वितरण गरिएको छ।
–ड प्रारम्भीक वालविकासमा कार्यरत सहजकर्ता एवं विद्यालय सहयोगीहरुलाइ प्रोत्साहन स्वरुप आफ्नै श्रोतबाट प्रोत्साहन भत्ता उपलव्ध गराइएको छ ।
– विद्यालयको शैक्षिक अवस्था गुणस्तरिय र प्रभावकारी वनाउन प्र।अ। वैठक तथा छलफल कार्यक्रम सञ्चालन भएका छन्।
– कक्षा ५ सम्मका लागी दिवाखाजा कार्यक्रम तथा माध्यामिक तहमा निशुल्क स्यानिटरी प्याड कार्यक्रम सञ्चालन गरिएको छ ।
– राष्ट्रिय पुन निर्माण प्राधिकरण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सँगको समन्वयमा विभिन्न विदयालयमा नयाँ विद्यालय भवन तथा शैचालयहरु निर्माण भैरहेका छन भनेयस वर्ष २ विद्यालय भवन निर्माण सम्पन्न हुने क्रममा छन्। । आइ।सि।टी। ल्याब र पुस्तकालय निर्माणका लागि प्रत्येक आर्थिक वर्षमा वजेट विनियोजन भएको छ ।
– शिक्षकहरुको क्षमता विकासका लागि यस वर्ष १५ दिने सूचना प्रविधि सम्वन्धी अनलाइन तालिम ३ दिने लेखा ब्यवस्थापन तालिम सञ्चालन भएको छ भने वाल शिक्षा ब्यवस्थापन लगायतका तालिमहरु सञ्चालन भर्इरहेका छन् । निरन्तर विद्यालय अनुगमन तथा शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न भएका छन्।
– यस वर्ष २ पटक विज्ञापन गरी शिक्षक पदपूर्ति गरिएको छ।साथै जिल्लान्तर शिक्षक सरुवा भएका छन् ।
– कृषिको आधुनिकरण विविधकरण र व्यावसायिकरण गर्न कृषि तथा पशुपालनको क्षेत्रमा संलग्न कृषकलाई कृषि सामग्री तथा पशु अनुदानका कार्यकम, पकेट क्षेत्र विकासका कार्यक्रम, कृषि तथा पशु विमा निरन्तर भैरहेका छन् । जसवाट अधिकांश कृषकहरु लाभान्वित भएका छन् । वास्तविक कृषक पहिचान र सूचिकरणका लागितथ्याङ्क संकलनको कार्य अभियानको रुपमा शुरु भएको छ ।
– खानेपानीका लागि एकघर एकधारा कार्यक्रम विस्तार गरिएको छ । सिंचाईमा आवश्यकता अनुसार सुधार गरी नयाँ योजना तथा पुराना सिंचाइ कुलोहरु मर्मत सम्भारका कार्यहरु भएका छन्।
– भूमी आयोगसँग समन्वय गरी भूमीहिन दलितसुकुम्बासी, तथा अव्यवस्थितबसोबासीहरुको निवेदन संकलन छानविन र सिफारिस मार्फतप्रकृया सम्मत तरिकावाटलालपुर्जा वितरण गर्ने कार्यका लागि कारवाही अगाडि बढार्इएको छ।
– यस अवधिमा गरिब विपन्न परिवारका कडा रोग लागेका बिरामीहरुलार्इ औषधिउपचार सहायता सिफारिस तथा क्यासर मिर्गौला टाउको मुटु लगाएतका अन्य गरिब बिरामीहरुलाई आवश्यकताअनुसार गाउँपालिकावाट आर्थिक सहयोग उपलब्ध गराइएको छ।
– सेवाग्राहीको सहजताका लागि सवै वडा कार्यालयहरुवाट अनलार्इन सिस्टमवाट सेवाशुल्क तथा कर संकलन गर्न सकिने सूचना प्रणालिको विकास गरिएको छ भने हरेक साल तिर्नुपर्ने सम्पत्ती तथा भूमिकरको भूक्तानी र्इ(पेमेन्टको ब्यवस्था समेत गरिएको छ ।
– जनतालाई सुशासनको प्रत्याभूति दिलाउनस्वीकृत दरवन्दी अनुसार पर्याप्त स्थायीकर्मचारीको ब्यवस्था गरिएको छ ।हालै प्रत्येक वडा तथा सेवाकेन्द्रमा हाजिर हुँनेगरी इन्जिनियरिङ् कृषि तथा पशु सेवाका प्राविधिकहरुको खटनपटनको ब्यवस्था गरिएको छ ।
– राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्नगत वर्षदेखि उत्कृष्ट काम गर्नेकर्मचारीलाई पुरस्कृत गरिएको छ ।
– व्यवसाय दर्ता प्रणालीलाइ अनलाइन गरी सवै अभिलेख सप्ठवयरमा प्रविष्टिर इन्ट्रि गरिएको छ। गाउँपालिकामा हालसम्म कृषि तथा पशुपन्छी फर्म १६९ वटा, किराना पसल १२७ वटा,घरेलु उद्योग ११ वटा, होटल २८ वटा, वर्कसप ब्यूटिपार्लर हार्डवरय ३०३ वटा गरी जम्मा ६३८ वटा ब्यवसाय दर्ता भएका छन। भने २३९ ब्यवसाय नविकरण भएका छन् ।
– विषम परिस्थितीका वीच चालु आ।व।मा हालको मितिसम्म गाऊपालिकाको आन्तरिक आय रु.१,१६,५३,१३४ रहेको छ ।
– चालु आ.व. को जेठ मसान्त सम्म चालु खर्च ६८.८९ प्रतिशत र पुँजिगत खर्च ५३.७६ प्रतिशत रहेको छ । जस अनुसार औषत खर्च ६१.३३ प्रतिशत रहेको छ ।
– जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा वसाइसराइको लगत प्रणालीलार्इ पुर्णतया प्रविधियुक्त बनाइ अनलाइन घटना दर्ताका माध्यमबाट पञ्जीकरण व्यवस्थापन तथा अभिलेखीकरण गरिएको छ । चालु आर्थिक वर्षमा हालसम्म अनलाइन मार्फत जन्मदर्ता ६४२, मृत्यु दर्ता २२३ सम्वन्ध विच्छेद ३० विवाहदर्ता २८८ वसाइ सरी आएको परिवार ३२ गएको ५७ गरी जम्मा १२७२ वटा व्यक्तीगत घटना दर्ता गरिएको छ ।
– गाउँपालिकावासी जनताहरुको सहजताको लागि सरोकारवाला निकायहरुसँग समन्वय गरी मतदाता परिचय पत्र तथा राष्ट्रिय परिचयपत्रको तथ्याङ्क संकलन शिविर भएका छन।
– गाँउपालिकाभित्र लगभग सवै वस्तीमा सडकसञ्जाल पुगेको छ । करिव ९० प्रतिशत क्षेत्रमा खानेपानीको व्यवस्थापन भएको छ । चालु आ।व। मा साना ठूला गरी कुल २१४ वटा विकास योजना संझौता भएकोमा हाल सम्पन्न योजनाको संख्या १५८ रहेको छ। जसमध्ये १० वटा निर्माण ब्यवसायी मार्फत सञ्चालन भएका क्रमागत योजना मध्ये ३ वटा सम्पन्न भएका र सम्पन्न हुन वाँकी ७ वटा योजना रहेका छन्।साथै २०४ वटा योजना उपभोक्ता समिति र अन्य विधिवाट सञ्चालन भएकोमा १५५ वटायोजना सम्पन्न भर्इ वाँकी ४९ योजनाहरु सम्पन्न हुँदैछन्।
– २०७२ सालको भुकम्प पश्चात ब्यक्तिगत आवास पुननिर्माण कार्यक्रम अन्तर्गत कुल लाभग्राही मध्येलाभग्राहीले सवै किस्ता अनुदान लिई आवास पुर्ननिर्माण भएको छ ।
– सुरक्षित नागरिक आवास अन्तर्गत जम्मा ११० खरको छाना टीनको छानामा रुपान्तरण भर्इ लाभग्राहीहरुलार्इ अन्तिम किस्ता अनुदान उपलब्ध हुने प्रकृया अगाडी बढार्इएको छ ।
– सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत१२७० जेष्ठ नागरिक ३०६ जेष्ठ नागरिक दलित २७६ एकल महिला ३२४ विधवा १७१ अपाङ्ग र ४८८ दलित वालवालिकासमेत जम्मा २८३५ जना लाभग्राहीहरुलाई वैक मार्फत तेस्रोत्रैमासिक सम्ममा रु।२,४४,५३,७८३।वितरण गरियो ।
– प्रस्तावित जलजला अस्पताल हालको मल्लाजस्वास्थ्यचौकीमाल्याब सेवासञ्चालनगरिएको छ।गाउँपालिकाभर तीनवटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।
– फोहोरमैला संकलनका लागि ट्रयाक्टर खरिद गरी गैरसरकारी संस्था सँगको समन्वयमा परिचालन गरिएको छ।थप ब्यवस्थापनको आवश्यकता रहेको छ ।
– जलजला गाँउपालिकामा निर्माण भएका ग्रामीण सडकहरुको मापदण्ड कायम गरिएको छ ।घर नक्सा पास सम्वन्धी कानुन निर्माण गरी घर नक्सा पास प्रणालीलाइ व्यवस्थीत गराइएको छ। यस वर्ष हालसम्म नक्सापास गरी घर सम्पन्न प्रमाणपत्र वितरण गरिएको संख्या १५, अभिलेखिकरण संख्या १९, प्रथम चरण इजाजतपत्र १२, दोस्रो चरण इजाजतपत्र १७ र घर निर्माणका लागि सूचना प्रकाशन भएको संख्या ज्ञद्ध रहेका छन्।
– सिचार्इ खानेपानी ग्रामीण सडक लगायका क्षेत्रमा निरन्तर काम भएका छन् ।
– पशु विमा कार्यक्रममा लागत साझेदारी गरिएको छ ।
– सवै वडा कार्यालयमा सेवा प्रवाहमा सहजताका लागि इन्टरनेट सेवा रब्याट्रि ब्यकअपको ब्यवस्था अनिवार्यगरिएको छ । जस अनुसार अनलाइन घटना दर्ता तथा अनलाइन राजस्व रसिदको कार्य भैरहेको छ ।
– विभिन्न खालका विपद विशेषगरी मनसुनजन्य विपदमा परेका नागरीकहरुको ब्यक्तिगत आवास पुनस्थापना पुननिर्माण र मर्मत प्रवलिकरणका तिन ओटै तहको सरकारको लागत साझेदारीमा लाभग्राहीलार्इ अनुदानको ब्यवस्था गरिएको छ ।
– कालीगण्डकी नदि किनारका जोखिमयुक्त वस्तीहरु वारीवेनी, वगरफाँट, लामाखेत मोहनचोक, मिलनचोक, फर्से, खनीयाघाट लगायतका वस्तीहरुको संरक्षणका लागि नदिकटान नियन्त्रणका कार्यहरु गर्दै संघ तथा प्रदेश सरकारसँग गरिएको पहलवाट केही स्थानहरुमा थप तटवन्ध निर्माणका कार्यक्रमहरु समावेश भएका छन् ।
– गाउँपालिकाको समन्वयमा संघ सरकार र प्रदेश सरकारको कार्यक्रम अनुसार राजमार्ग देखिवडा नं। ९ वनौ जोड्ने सडक कालोपत्रे भैसकेको छ भनेवडा नं। ७ धाइरिङको सडक कालोपत्रे हुँदैछ ।
– वगर वाँसखर्क सडकको स्तरउन्नतीका लागि पहल गरिएकोमा सो सडक स्तरउन्नतीको लागि संघिय सरकारवाट टेन्डर आव्हान भैसकेको छ।
– प्रदेश सरकार र गाउँपालिकाको समपूरक कोषवाट वडा नं। ४ मोहनचोक देखि फड्केढुंगा, कोतघर, लेखफाँट जोड्ने सडकको लुङ्दी खण्डदेखि क्रमशः कालोपत्रे गर्ने काम अगाडि बढिरहेको छ ।
– नेपाल टेलिकम तथा निजी सेवाप्रदायकहरु सँगको समन्वयमा ग्रामीण भेगमा वाइफाइ सेवा विस्तार गरिएको छ ।
– लघु उद्यम कार्यक्रम अन्तर्गत यस गाउपालिकाका ८ वटा वडामा १४५ जना सहभागीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ।सहभागीतामूलक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको यस कार्यक्रममा १२० जना सम्भावति लघु उद्यमीहरुको छनोट गरिएको साथै १३० वटा घरधुरी सर्वेक्षण सम्पन्न भएको ।
– मल्लाजमा ३१ जनालाई उनीको स्वीटर बुनाई प्राविधिक सीप तालिम दिएको,
– वडा नं। २,३ बगरफाँटमा १५ जनालाई अचार बनाउने प्राविधिक सीप तालिम दिएको,
– वडा नं। ४ पाल्सिङ खोलाखेतमा २०जनालाई सालको पातको दुना टपरी बनाउने सीप तालिम दिएको,
– वडा नं। ५,७ लेखफाँट,मिलनचोकमा १६ जनालाई ढाकाको साडी बुनाई प्राविधिक सीप तालिम दिएको,
– जलजलजा गाउँपालिकाका ९ वटै वडाहरुका लघु उद्यमीहरुको क्षमता विकासका लागि ५ दिने उदघोषण सम्बन्धि तालिम दिएको
– स्तरोन्नती तर्फका सहभागीहरुको पहिचान तथा क्षमता विकासका लागि आवश्यकता पहिचानको कार्य भईरहेको ।
– लघु उद्यमी समूह गठन गरियो ।
– शालिजा र वनौंमा पुराना उद्यमी ४० जनालाई बाँसको मुडा बनाउने सीप उपलब्ध गरार्इएको ।
– यस गाउँपालिकालाई मापदण्ड पुरा गरी नगरपालिकामा स्तरोन्नती गर्नका लागि पनि हामी प्रयासरत रहेका ब्यहोरा पनि म यस सम्मानित सभामा अनुरोध गर्न चाहान्छु ।

गाउँसभा सदस्य तथा उपस्थित महानुभावहरु,
अब म जलजला गाउँकार्यपालिकावाट प्रस्तावित आगामी आर्थिक वर्ष २०७९/८० को समग्र नीति र क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रमलाई क्रमशः प्रस्तुत गर्न चाहन्छु ।
समग्र नितिः
यस जलजला क्षेत्रको सर्वाङ्गीण विकासको लागि सबै वर्ग र क्षेत्रको पहुँच कायम हुने गरी उपलब्ध स्रोत साधनको परिचालन गर्दैवातावरण संरक्षणकोसाथ साथै दिगो र सन्तुलित विकास गर्न भौगोलिक, क्षेत्रगत सन्तुलन रसमावेशी विकासको अवधारणालाई अवलम्वन गर्ने नीति लिईएको छ। सार्वजनिक सेवा प्रवाह सरल र सहज रुपमा उपलव्ध गराउन एवं त्यस्तो सेवा सुविधालाई मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, सहभागितामूलक, न्यायोचित, दिगो र गुणस्तरयुक्त बनाउँदै लैजाने नीति अगाडी सारिएको छ ।

आगामी योजना कार्यक्रम कार्यान्वयन गर्दा सवै वडाका महिला, बालबालिका, जेष्ठ नागरिक, अल्पसंख्यक, दलित, अतिगरीव, अपाङ्गता वा फरक क्षमता भएका ब्यक्तिहरु, जनजाति आदिलाई केन्द्रविन्दुमा राखेर नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, जलजला गाउँपालिकाबाट पारित कानूनहरु, विद्यमान स्थानीय तहसम्बन्धी कार्यविधिहरु, नेपाल सरकार तथा प्रदेश सरकारबाट समय समयमा जारी गरिएका मार्गनिर्देशन, गाउँपालिकाको वस्तुगत विवरण, आवधिक योजना,क्षेत्रगत रणनैतिक योजनाहरु, दातृनिकायसँग भएका सम्झौताहरु आदिलाई आधार बनाएका छौं । यस अवस्थासम्म आईपुग्दा हामीले झेल्दै आएका विभिन्न समस्या र चुनौतीहरुलाई अवसरका रुपमा लिएर अगाडि बढ्ने संकल्प गरेका छौं ।
यस क्षेत्रमा विपद् ब्यवस्थापन, गरीवी न्यूनीकरण र दिगो विकासका लागि गैरसरकारी संघ संस्था, गैर आवसीय नेपाली लगायत नीजि क्षेत्रसँगको सम्वन्धलाई घनिभूत बनाउने प्रयास गरिएको छ । यसका लागि आवश्यक कोषको ब्यवस्था गरी अध्यक्ष हातेमालो कार्यक्रम सञ्चालन गरिनेछ ।
स्थानीय सरकारको हैंसियतले संविधान प्रद्धत अधिकारको उपयोग गर्दै आफ्नो क्षेत्रभित्रको सीमित स्रोत साधनहरुको अधिकतम परिचालन गरी जनताका आधारभूत आवश्यकता र चाहानाको प्रत्याभुत गर्न, राजनितिक परिवर्तनलाई संस्थागत गर्न र राज्यप्रति जनविश्वास वृद्धि गर्न, नागरिक अभियानहरुको एजेण्डालाई संस्थागत गर्न, संघीय लोकतान्त्रीक शासन व्यवस्थालाई सफल वनाउने निति लिइएको छ । हाम्रो लक्ष्य प्राप्त गर्ने अभियानमा यस गाँउपालिका भित्र सञ्चालन भएका कार्यक्रमहरु कार्यान्वयनका लागि जनप्रतिनिधी लगायत सम्पुर्ण राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, नागरिक समाज, पत्रकार, कर्मचारी एवं सम्पुर्ण जलजलावासी नागरिकहरुवाट प्राप्त सहयोग अनुकरणीय रहेको छ र आगामी दिनहरुमा पनि रचनात्मक सहयोगको अपेक्षा गरिएको छ ।

क्षेत्रगत नितिहरु
१. आर्थिक विकास
क. कृषि एवं पशुपालनः
– जिविकोपार्जनको साथ साथै आर्थिक उपार्जनको मुख्य आधारको रुपमा रहेको कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समग्र कृषिको आधुनिकिरण, व्यवसायिकरणफार्म यान्त्रिकरणर विविधिकरणको नीति अवलम्बन गरि योजनाबद्ध सामुहिक कृषि उत्पादनलाई प्रोत्साहन गरिने छ।
– भौगोलिक क्षेत्र, हावापानी, माटो र वातावरण अनुकुलको उच्च प्रतिफल दिने कृषि वाली तथा पशुपन्छीपालनको संभाब्यता अध्ययनवाट ठाँउ सुहाउँदो उत्पादनलार्इ प्रबर्द्धन गर्न पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरीनेछ ।
– गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन हुने ताजा तरकारी, आलु, धान, मकै तथा वेमौसमी तरकारी, फलफूल लगायतका फसलको उत्पादन बृद्धिका लागि बल्करपकेट क्षेत्र अध्ययन गरी विभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइनेछ । जसअनुसार शालिजा, लेखफाँट, बनौ धाइरिङ्ग र नाग्लीवाङ्लाई आलु पकेट, नाग्लिवाङ्, लेकफाँट, शालिजा,धाइरिङ्गलाई ताजा तरकारी तथा विउ उत्पादन पकेट,बाँसखर्क, बनौ लुप्राङ् र माझफाँटलार्इ सुन्तला पकेट, माझफाँटलार्इ धान र मकै पकेट, लेकफाँट, शालिजा, धाइरिङ्ग लुप्राङ् र बनौलाई कागती पकेट, लेखफाँट, शालिजा र बनौलार्इ अदुवा पकेट तथा पालिकाका सवै क्षेत्रहरुमा ताजा तरकारी च्याउ मौरी तथा किवी लगायतका नयाँ जातका फलफूल उत्पादन पकेट र गार्इ भैसी पकेट बनाई कृषिको प्रवर्द्धन गरिने छ ।
– कृषिलाई आयमूलक, आधुनिक र मर्यादित पेशा र उत्पादनशिल ब्यवसायको रुपमा विकास गर्न कृषि तथा किसानसुचिकरण कार्य सम्पन्न गरी सुचिकृत भएका कृषि तथा पशुपन्छीपालक कृषकहरुलार्इ अनुदान दिने प्रकृयालार्इ सहज पारदर्शी र पहुँचयोग्य बनार्इने छ।
– कृषिको उत्पादकत्व वृद्धिका लागि कृषि योग्य जमिनमा सिंचाई सुविधा, आधुनिक प्रविधिको प्रयोग, कृषि सामग्रीको समयमै आपूर्ति र कृषि प्राविधिक सेवामा कृषकको पहुँच बृद्धि गर्न एक वडा एक कृषिरपशु प्राविधिक जनशक्ति परिचालन गरिप्राविधिकहरुको क्षमता अभिबृद्धि एवं सुरक्षणको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
– कृत्रिम गर्भाधान मार्फत नश्ल सुधार गरी दुध र मासु उत्पादनमा आत्मनिर्भरहुनको लागि प्रोत्साहन स्वरुप सुत्केरी पोषण खर्च दिने नीतिलाई निरन्तरता दिईनेछ ।साथै कृत्रिम गर्भाधान गर्न सम्भव नहुने क्षेत्रमा प्राकृतिक गर्भाधान मार्फत नश्ल सुधार गर्न उन्नत जातका बोका तथा राँगा लागत साझेदारीमा अनुदान वितरणको कार्यक्रम संचालन गरिनेछ।
– कृषकलार्इ उत्पादन सामग्री मल विउ सिंचाइ सामग्रीमा अनुदानको ब्यवस्था मिलाइने छ ।
– कृषि तथा पशुपन्छी क्षति न्युनिकरणको लागी विमा कार्यक्रम प्रति कृषकहरुलाई प्रोत्साहन गर्ने नितिलाई निरन्तरता दिईनेछ । कृषि तथा पशुपालनका क्षेत्रमा प्रविधि प्रसार एवं क्षमता अभिवृद्धिको लागि तालिम तथा गोष्ठी जस्ता सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
– पशुपन्छीका रोग रोकथाम एवं नियन्त्रणको लागि आवश्यक औषधी र खोप कार्यक्रम संचालन गरिनेछ।साथै कृषि वालीमा लाग्ने रोग किरा नियन्त्रणका लागि आवश्यक बिषादी खरिद गरी समयमै आपूर्तिको ब्यवस्था मिलार्इने छ ।
– बाह्रै महिना हरियो घाँसको व्यवस्थापन गरी उत्पादन लागत घटाउन हिउँदे तथा वर्षे घाँसका विउ विरुवा वितरण गरिनेछ ।
– टोल(टोलमा कृषक समूह गठन गरी कृषक समूह मार्फत कृषि तथा तथा पशुपन्छीजन्य उत्पादनलार्इ उचित मुल्यमा बजारीकरण गर्नको लागि सहज बातावरण सृजना गरिनेछ ।साथै कृषि तर्फ क्षेत्रफलको आधारमा र पशु तर्फ उत्पादनको आधारमा प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
– व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषकहरुले हासिल गरेको उपलब्धीलाई मापन गरी प्रतिस्पर्धाका आधारमा पुरस्कृत गर्ने नीति लिईनेछ ।
– कृषि उपज भण्डारणका लागि आवश्यकताका आधारमा गाउँपालिकामा ब्यवस्थित कोल्ड स्टोररकोल्ड रुमको व्यवस्था गरिने छ ।
– एक घर एक टनेल तथा भकोरो सुधार र मलखाद व्यवस्थापन कार्यक्रमलाई आवश्यकताको आधारमा लागु गरिने छ ।
– कृषिवाली रोगको तथा प्राकृतिक प्रकोपवाट कृषिक्षेत्रमा आउनसक्ने विपद जोखिम न्यूनिकरण तथा क्षतिपूर्ति एबं राहत कार्यक्रम संचालन गरिनेछ ।
– कृषकहरुको खेतवारी र गोठ तथा फार्ममा नै गुणस्तरिय र सुलभ पशु स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध हुने ब्यवस्था मिलाईनेछ। पशुजन्य संक्रामक रोगको रोकथामका लागि आवश्यक खोपको ब्यवस्था गरिनेछ ।
– कृषि तथा पशु फार्महरु निमार्ण तथा पशुजन्य उद्योगहरु स्थापना गर्न प्रोत्साहित गरिनेछ । समूहमा आधारित यस्ता फर्महरु स्थापनाका लागि साझेदारी एवं अनुदानका कार्यक्रम सञ्चालन गरिनेछ ।
–सहकारीखेति, सामुहिक खेति चक्लाबन्दी खेतिमा प्रोत्साहनसाथै अन्तर सहकारी र समुह भ्रमण कार्यक्रम संचालन गरिनेछ ।
– आवश्यकता अनुसार हरेक वडामा कृषि उपज संकलन केन्द्र निर्माण गरी बजारीकरण गर्ने ब्यवस्था गरिनेछ ।साथै कृषक समूहलार्इ राजस्व छुटमा कृषि एम्वुलेन्स खरिद गर्न भन्सार छुटका लागि पहल गरिनेछ।
– बाझो जमिनमा खेती गर्नेलार्इ चक्लावन्दी खेती गरी उत्पादन बढाउनका लागि गाउँपालिकावाट प्रोत्साहन गरिनेछ । त्यसका लागि कृषि स्वयंसेवक परिचालन गरिनेछ ।
– खेती तथा वस्ती क्षेत्रमा अरुलार्इ असरपर्नेगरी लगार्इएका वा हुर्कार्इएका रुखहरुलार्इ हटाउने कार्यका लागि गाउँपालिकाले आवश्यक सहजिकरण गर्ने नीतिलार्इ निरन्तरता दिर्इनेछ ।

ख.उद्योग, ब्यवसाय तथा पर्यटन क्षेत्रः
– कालञ्जर हम्पाल पर्वतको नामले चिनिने धार्मिक तथा पौराणक महत्व बोकेको जलजला सिमसार क्षेत्रको प्रबर्द्धन तथा आवश्यक पूर्वाधारको विकासको लागि तयार गुरुयोजना लागू गरी मुख्य पर्यटकिय गन्तब्यको रुपमा विकास गरिनेछ । त्यसैगरी गाउँपालिकाका अन्य पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि समेत विशेष पहल गरिनेछ।
– बनौ पिकनिक स्पटवाट देखिने ३ जिल्लाको सदरमूकामहरु साथै हलजुरे नाग्लिवाङको मालारानीवाट देखिने सूर्योदय र सूर्यास्तलार्इ आवश्यक भ्यू पोर्इन्ट लगायतका संरचना वनार्इ आन्तरिक तथा बाह्य पर्यटन पर्वर्द्धन गरिनेछ ।
– यस क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालन र ब्यवस्थापनका लागि प्रदेश सरकारसंगको सहकार्यलाई कायमै राखिनेछ । पर्यटक आगमन वृद्धि गर्न प्रचारप्रसारको कामलाई तिव्रता दिईनेछ ।
– गाँउपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक सम्पदाका साथै रमणिय क्षेत्र वडा नं। २ पूर्णगाउँ ताल वडा नं। ४ लामाछिरो ताल वडा नं। ५ फलामेडाँडा एवं स्थानीय संस्कृति, कलाकृति, मौलिक परम्परा, लाई संरक्षण गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसारको माध्यमवाट आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि पहल गरिने छ ।
– स्थानिय स्तरमा सञ्चालीत साना तथा घरेलु प्रकृतिका अल्लोको कपडा, नेपाली कागज, भांग्रो, झोला, खास्टो, ढाकाको सारी टोपी खादासालको टपरी, क्यान्डी, जुस,अचार,ससेज एवं मैनवत्ती अगरबत्ति उद्योग हरुलाई प्रोत्साहन गरी रोजगारीको अवसर बढाउन सिप विकास तालिम तथा आर्थिक र प्राविधिक सहयोग प्रदान गरिनेछ ।
– स्थानीय स्तरका व्यापारिक पसल एवं फर्मको दर्ता, अनुमती, नविकरण, अनुगमन र नियन्त्रणको कामलाई प्रभावकारी वनाई कानून संवत तरिकाले संचालित ब्यवसायलाई प्रोत्साहन र अवैध गतिविधि सञ्चालन गर्नेहरुलाई कानूनी दण्डको भागीदार बनाइनेछ।
– हाल सञ्चालनमा रहेका घरेलु उद्योग, तथा व्यवसायलाई कानुनको परिधिभित्र रहेर गाउँपालिकामा अनिवार्य दर्ता तथा नविकरण गर्ने ब्यवस्था मिलाउन नविकरण नगर्ने ब्यवसायीलार्इ ब्यवसाय सम्वन्धि सिफारिसमा रोक लगाइनेछ।
– ब्यवसाय दर्ता सम्वन्धमा आइपरेका दुविधा र समस्या निराकरण गरी सहज बातावरण मिलाइनेछ ।
– गाउँपालिका स्थित ढुंगा खानीहरुको सम्वन्धित ब्यवसायीहरुसँगको समन्वयमा आ।इ।ई तथा माईनिङ्गको कार्य अगाडि बढाइएकोमा ढुंङ्गा कटिङ उद्योगहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्ने कार्यमा देखा परेको नीतिगत समस्या समाधानका लागि पहल गरिनेछ।
– जडिवुटीको खोज तथा अनुसन्धानवाट गाउँपालिकाको उपल्लो क्षेत्रमा उत्पादन हुने र अन्य क्षेत्रमा पाइने महत्वपुर्ण तथा बहुमुल्य जडिबुटीहरुको संकलन, प्रशोधन र बजारीकरणका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय गरी जडिवुटीको व्यवस्थित वजारको खोजी गर्ने र उचित मुल्य प्राप्त गर्नका लागि पहल गरिनेछ ।
– स्थानिय वजारहरुको अनुगमन गरी म्याद गुज्रेका सामानप्लाष्टिकमा राखिने अवैध मदिरा, अनुमति नलिर्इमदिराजन्य र सूर्तिजन्य पदार्थ विक्रि वितरण कार्य भएको पार्इएमा कारवाहीको प्रकृया अगाडि बढाइनेछ ।
– वारीवेनी, मिलनचोक एवं लस्ती क्षेत्रका वजारलाई हरियाली वनाउन सडक किनार तथा खुला क्षेत्रहरुमा वृक्षारोपणको कार्यक्रम सञ्चालन गरिनेछ । उल्लिखित वजार क्षेत्रमा सौर्य वत्ति तथा सि।सि।ई क्यामेरा जडानका लागि प्राथमिकता दिइनेछ ।
– मोहनचोक स्थित कृषि बजारलाई ब्यवस्थित रुपमा संचालन गर्न आवश्यक समन्वय गरिनेछ ।
– नेपाल सरकारद्धारा सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशिलता विकासका लागि सामाजिक परिचालन, क्षमता विकास तालिम, प्रविधि हस्तान्तरण तथा सिप विकास तालिम कार्यक्रम र उत्पादित सामग्रीहरुको बजारीकरणमा जोड दिइनेछ ।
– उद्यमीहरुका लागि साझा सुविधा केन्द्र भवन स्थापना गर्ने कार्य अगाडि बढाइने छ ।

ग.बैंक, वित्त तथा सहकारी क्षेत्रः
– गाउँस्तरमा विभिन्न समुह मार्फत वचत गर्ने वानी बसाल्ने,वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको जीवनस्तरमा सुधार गर्ने लगायतका कार्यमासहजता ल्याउनआवश्यक पहल गरिनेछ ।
– ऋण लिएर लगानी गर्ने गाँउपालिका क्षेत्रभित्र रहेका गाउँपालिकाको क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरुको क्षमता विकास गर्नका लागि सरोकारवालाहरु संग आवश्यक छलफल र समन्वय गरि सहकारी अन्तर्किया प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
– स्थानीय उत्पादन बृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनिकरणका लागि सहकारी क्षेत्रको प्रबर्द्धन गरिनेछ ।
– निष्कृय रहेका तथा वित्तिय जोखिममा परेका सहकारीहरु तथा कार्यक्षेत्र मिल्दाजुल्दा सहकारीहरुलाई एक आपसमा एकिकरणका लागि प्रोत्साहन गरिनेछ ।
– गाँउपालिकावाट समय समयमा सहकारीहरुको अनुगमन गरी सहकारीको सिद्धान्त तथा नियम विपरित क्रियाकलाप सञ्चालन गर्ने सहकारी संघ संस्थाहरुलाई कानून बमोजिम कारवाही गरिनेछ ।
– सहकारीक्षेत्रको बिकासकालागि तथ्याङ्क अध्यावधिक गरी प्रत्येकपरिवारसहकारीमाआबद्धहुनप्रेरितगरिसहकारीसम्बन्धिक्षमताअभिवृद्धि तथा प्रबिधिअनुशरणकार्यक्रमसंचालनगरिनेछ।
– पालिकाभित्रकासबैसहकारीहरुलार्इ ब्यवस्थापन सूचना प्रणालिमा आबद्ध गरिनेछ।

२.सामाजिक विकास
क. शिक्षा तथा खेलकुद क्षेत्रः
– शिक्षा सम्वन्धि नीतिगत तथा संस्थागत ब्यवस्था मार्फत सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गरी गुणस्तरिय शिक्षालाई जोड दिंदै शैक्षिक संस्थाको प्रभावकारिता वृद्धि गर्न आवश्यक योजना निर्माण गरि कडाइका साथ लागु गरिने छ ।
– नेपाल सरकार र प्रदेश सरकार सगँको समन्वयमा प्राविधिक शिक्षा, व्यावसायिकतालिम तथा विज्ञान शिक्षा अध्यापन गराउने सामुदायिकविद्यालयको सुदृढीकरण गरिनेछ। सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका जेहेन्दार छात्रछात्राका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनगरिनेछ। गरीब, संरक्षकविहीन, अपाङ्ता भएका बालवालिका पठनपाठनमा सहयोग गर्ने नीति लिइनेछ।
– नेपाल सरकार प्रदेश सरकार रनिजी तथा सामुदायिक क्षेत्रसँगको समन्वयमाप्रविधिमैत्री साक्षरता तथा निरन्तर शिक्षाका कार्यक्रम सञ्चालनगरिनेछ।
– गाउँपालिकामा खेलकुदको संस्थागत विकास गर्न आवश्यक योजना तर्जुमा गरिनेछ। नेपाल सरकार र प्रदेश सरकारसगँको सहकार्यमा गाउँपालिका भीत्र खेलकुद पूर्वाधार निर्माणकोकार्यलाई निरन्तरता दिइनेछ। नेपाल सरकार र प्रदेश सरकार सगँको सहकार्यमाप्रत्येक वडामा एउटा खेलकुद मैदान निर्माण गर्ने नीति लिइनेछ।

– जलजला गाउँपालिकालाई शैक्षिक क्षेत्रको उत्कृष्ट धरोहर बनाउनको लागि तथा गाउँपालिका क्षेत्रको समग्र शिक्षा प्रणालीलाई व्यवस्थित तथा योजनाबद्ध एवम् उद्देश्यमूलक बनाउनका लागि सबै सरोकारवालाहरुको सहयोगमा गाउँ शिक्षा योजना निर्माण गरि लागू गरिनेछ।
– सामुदायिक विद्यालय शिक्षालाई अभिभावकको चाहना अनूकुलको बनाउन तथा सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या बढाउनको लागि गाउँपालिका कार्यालय रविद्यालयका प्रधानाध्यापकहरु तथा विषय शिक्षक र प्रधानाध्यापक बीच कार्यसम्पादन करार सम्झौता गर्ने ब्यवस्था मिलाइनेछ। वर्षको २ पटक अभिभावक शिक्षाको व्यवस्था गरिने छ।
– सामुदायिक विद्यालयका शिक्षकको विद्यालय आउने जाने समयलाई व्यवस्थित गर्नको लागि गाउँपालिका भित्रका विद्यालयमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाइने छ ।
– शिक्षित समाज,सुसस्कृत गाउँपालिका निर्माणको आधारञ भन्ने नाराका साथ गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय उमेरका बालबालिकातथा विद्यालय क्षेत्रभन्दा बाहिर रहेका उमेर पुगेका बालबालिकाहरुलाई विद्यालयको पहुंचसम्म पुर्याउनको लागि विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाइने छ। बालमैत्री स्थानीय तह घोषणा गर्नका लागि पुर्वाधार तयार गरिने छ।
– अपाङ्गता भएका बालबालिकाहरुको लागि विभिन्न प्रकारका स्रोत सामग्री वितरणको व्यवस्था मिलाइने छ।
– अङ्ग्रेजी माध्यमप्रतिको बढ्दो लोकप्रियता र आवश्यकतालाई मध्यनजर गर्दै यस शैक्षिक सत्रदेखि प्रत्येक वडामा कम्तिमा एक सामुदायिक विद्यालयमापूर्ण अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने व्यवस्था मिलाइने छ । अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन भैरहेका विद्यालयलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि आवश्यक तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाईने छ।
– गाउँपालिका भित्रको शिक्षक तथा विद्यार्थीको विशिष्ठ क्षमता प्रस्तुती तथा प्रवर्धनको लागि र शिक्षा क्षेत्रका विभिन्न प्रकारका उत्पादन तथा सामान्य तथा विशिष्ट प्रकारका जानकारी तथाविद्यार्थीको प्रतिभा पहिचान गर्नको लागि प्रत्येक वर्ष शैक्षिक महोत्सवको आयोजना गरि नवप्रवर्तन गर्ने तथा सृजनात्मक क्षमता प्रदर्शन गर्ने प्रतिभालाई प्रोत्साहन गरिनेछ।
– जलजला गाउँपालिकाको स्थानीय आवश्यकता पहिचान तथा परिपूर्ति गर्दै विद्यालय जीवन देखिनै समाजमूखी बनाउनको लागि कक्षा १(८ सम्म लागू गर्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने छ ।
– स्थानीय पाठ्यक्रम निर्माण पश्चात स्थानीय पाठ्यपुस्तक निर्माण गरी लागू गरिने छ।
– शैक्षिक क्षेत्रको उत्पादनलाई दीगो एवं प्रभावकारी बनाउनको लागि गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायिक बालविकास केन्द्रलाई रमाउदै सिक्दै कार्यक्रमका अन्तर्गत स्मार्ट टेलिभिजन वितरण गर्ने व्यवस्था मिलाइने छ र बालकक्षा व्यवस्थापनको लागि आवश्यक सामग्री व्यवस्थापन गरिने छ। बालविकास केन्द्र स्थापना नभएका विद्यालयमा बालविकास केन्द्र स्थापना गरी सञ्चालन गर्ने व्यवस्था मिलाइने छ।
– विद्यार्थी मूल्याङ्कन तथा अभिलेखीकरण प्रक्रियालाई प्रभावकारी तथा भरपर्दो बनाउनको लागि निरन्तर विद्यार्थी अभिलेखीकरण फारम वितरण कार्यलाई कक्षा ४ सम्म विस्तार गरिने छ।
– विश्व बजारमा विक्ने जनशक्ति निर्माणको लागि गाउँपालिका भित्रका दुइओटा माध्यमिक विद्यालयलाई प्रश्तावनाको आधारमा कक्षा ९(१२ सम्म प्राविधिक धारको स्थापना सुरुवातर पहल गरिने छ।
– व्यवस्थापन समिति, गाउँ शिक्षा समिति तथा विषयगत शिक्षकको क्षमता विकासका लागि आवश्यक तालिमको पहिचान गरी सहयोग गर्ने व्यवस्था मिलाइने छ।
– गाउँपालिका क्षेत्रमा खेलकुदको विकास र प्रवर्द्धनको लागि शिक्षामा खेलकुद कार्यक्रम विभिन्न निकायसंग समन्वयात्मक रुपमा सञ्चालन गरिने छ।
– शिक्षक अभावबाट सिर्जना हुने समस्यालाई न्यूनिकरण गर्नको लागि गाउँपालिका बाट स्रोत वहन गर्ने गरी अङ्ग्रेजी गणित र विज्ञान विषयको शिक्षण गर्नको लागि स्वयंसेवक शिक्षकको व्यवस्था गरिने छ।
– स्वस्थ सक्षम तथा हराभरा विद्यालयका लगि विद्यालयमा फूलबारी कार्यक्रम लागू गरिने छ।
– विद्यार्थी प्रतिभा पहिचानको लागि विभिन्न विद्यामा प्रत्येक ३र३ महिनामा गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने छ।
– गाउँपालिका स्तरीय शैक्षिकरविद्यालय अनुगमन टोलीवाट प्रत्येक दुई महिनामा विद्यालय अनुमन गरी प्राप्त निष्कर्षका आधारमा अशल अभ्यास गर्ने विद्यालयलाई पुरस्कृत तथा थप सुधार गर्नुपर्नेलाई आवश्यक सुधारका लागि सुझाव दिइने छ।र शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली अन्तर्गतको विद्यार्थी विवरणलाई सत्यापन गरी सोको आधारमा अनुदान वितरण गरिने छ।
– विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि गाउँपालिकाबाट आवश्यक वजेटको व्यवस्थापन गरिने छ।
– विद्यालायमा छात्राको उपस्थीतिलाई नियमित गराउनको लागि स्यानीटरी प्याड वितरण कार्यलाई सामयिक तथा प्रभावकारी बनाइने छ।
– विद्यालय शिक्षालाई सट्ठचना प्रविधि मैत्री बनाउनको लागि सबै विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा आवश्यक पूर्वाधारको लागि पहल गरिने छ।
– शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन प्रक्रियालाई प्रभावकारी बनाइने छ।विद्यालयको समग्र ब्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गर्नका लागि गाउँपालिका भित्रका प्राधानाध्यापक तथा विषय शिक्षकहरुलार्इ अन्तर विद्यालय सरुवा गरिनेछ ।
– सबै विद्यालयलार्इ नमूना विद्यालयको भ्रमण गराइ असल अभ्यास आदान प्रदानको व्यवस्था मिलाईने छ।
– बालविकास केन्द्रका शिक्षक तथा सबै प्रकारकारतहका महिला शिक्षक सुत्केरी विदामा रहदा स्वयंसेवक वा सट्टा शिक्षकको व्यवस्था गरिने छ।
– गाउँपालिका शिक्षा नीतीको तर्जुमा, ऐन नियमावली तथा योजना कानुनी व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेँछ।
– गाउँपालिका भित्रको शैक्षिक गुणस्तर परीक्षण तथा सुधारको लागि कक्षा ३, ५ र ८ को उपलब्धी परीक्षा सञ्चालन गरी उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गरिने छ।
– गाउँ वडा शिक्षा समिति गठन गरी शैक्षिक योजना प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ।
– विद्यालयको आवश्यकता पहिचान गरी भौतिक पूर्वाधार, पुस्तकालय तथा विज्ञान प्रयोगशाला अनुदान व्यवस्थापन गरिने छ।
– विद्यालय शिक्षालाई प्रभावकारी बनाउनको लागि शिक्षा तालिम केन्द्रको समन्वयमा इमिस, अङ्ग्रेजी माध्यम तथा सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरिने छ।
– विद्यालय कर्मचारी तथा सहायक कर्मचारीको लागि नेपाल सरकारको मापदण्ड अनुसारको तलब भत्ताको व्यवस्था गरिने छ।
– उत्कृष्ठ ब्यवस्थापन गरि शैक्षिक गुणस्तर कायम गर्ने विद्यालयका प्रधानाध्यापकलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिने छ।गाउँपालिकामा रिक्त करार शिक्षक पदपूर्ति गर्नको लागि एकमुष्ठ विज्ञापन गरी करार शिक्षक छनोट परीक्षा लिएर पदपुर्ती गरी वाकीरहेका परीक्षार्थीहरुको शिक्षक बैङ्क खडा गरिने छ।
ख.स्वास्थ्य क्षेत्रः
– गाउँपालिकाका भित्र सुलभ एम्बुलेन्स सेवाको व्यवस्था मिलाइने छ ।
–जेष्ठ नागरिक तथा अशक्तहरुको लागि मासिक रुपमा टोल(टोलमा गई निःशुल्क स्वास्थ्य परिक्षणशिविरको व्यवस्था मिलाइने छ ।
– अति गरिब परिवारको पहिचान गरी हरेक व्यक्तिलाई स्वास्थ्य विमा मार्फत उपचार गर्ने व्यवस्था मिलाइने छ।
– आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवाको सुनिश्चितकालागि अत्यावश्यकस्वास्थ्य उपकरण तथा सामाग्री आपूर्ति को व्यवस्था मिलाइनेछ । सबै स्वास्थ्य संस्थामा कम्तीमा १०० वटा औषधी निःशुल्क पाइरहने व्यवस्थालाई ग्यारेन्टी गरिने छ।
– नवजात शिशु, मृत्युदर, शिशुमृत्युदर, मातृमृत्युदर र वाल मृत्युदरहरु लार्इ घटार्इ औषतआयु बढाइने छ ।
– नसर्ने रोग व्यापक रुपमा बढ्दै गर्इरहेको सन्दर्भमा प्रदेशसँग सहकार्यमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरीने छ ।
– स्वास्थ्य क्षेत्रमा सरकारी सहकारी तथा गैरसरकारी क्षेत्रको समन्वय एवं सहकार्यलार्इ बढाइनेछ ।
– पुर्णखोप सुनिश्चितता वडा तथा गा।पा को अवस्थालार्इ कायम गर्दै हरेक वडाहरु मा खोपको अवस्थाको हरेक वर्ष समिक्षा गरिने छ । साथै गाउँपालिका खोप दिवस मनार्इ पुर्ण खोपको अवस्थालार्इ हरेक बर्ष सुनिश्चितता रहेको घोषणा गरीने छ ।
– गर्भवती महिलालार्इ हरेक पटक गर्भजाँच गर्भ जांच गर्न स्वास्थ्य संस्थामा जादा २ प्याकेट आयोडिन युक्त नुन,फोलीक एसिड तथा क्यालसियम वितरण गरिने छ ।
– सबै गर्भवतीहरुलार्इ गर्भजाँचका लागि ग्रामीण अल्ट्रासाउड कार्यक्रम लागू गरिने छ।
– स्वास्थ्य संस्थाहरु मर्मत रङरोगन स्वास्थ्य पुर्वधार औजार उपकरणको उपलब्धतामा वृद्धि गरिने छ ।
– लेखफाँट, मल्लाज, शालीजा, नाग्लीवाङ स्वास्थ्य चौकीहरुमा ल्याब स्थापनका लागी आवश्यक बजेटको व्यवस्था गरिने छ ।
– कडा शिघ्र कुपोषणका बच्चाहरुलार्इ उपचार तथा व्यवस्थापनका लागी इत्ऋ वहिरगं सेवा कक्ष स्थापना गरीने छ ।
– ६० बर्ष पुरा भएका र १० बर्ष सेवा पुगेका सा।मुस्वा।स्वयं। सेहरु लार्इ ससम्मान विदार्इ कार्यक्रमका लागि प्रति व्यक्ति ३०००। का दरले आवश्यक बजेट व्यवस्थापन गरीने छ ।
– गरिवको परिचय पत्र प्राप्त गर्न नसकेका विपन्न नागारीकहरुको विमाका लागि गा।पा तर्फ बाट बिमित गर्ने कार्यक्रमको सरुवात गरीने छ ।
– उत्कृष्ट म।स्वा।स्वयं।सेविका, स्वास्थ्य संस्था तथा कर्मचारीहरुलार्इ प्रोत्साहन गर्नका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने छ ।
– आवश्यकता अनुसार बर्थिङ् सेन्टर स्थापना तथा स्तरोन्नती गरिनेछ । साथै शालिजा स्वास्थ्य चौकीमा प्रयोगशाला र चौविसै घण्टा वर्थीङ सेन्टरसञ्चालनका लागि तथा पुरानो भवन लार्इ मर्मत गरीने छ ।
– सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको मासिक बैठकका लागि खाजा खर्चको व्यवस्था गरीने छ।
– पोषण तथा विद्यालय स्वास्थ्य शिक्षालार्इ थप प्रभावकारी बनार्इने छ ।
– हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा तथा पोषण कर्नर राखिनेछ र पोषिला खानेकुराको प्रदशर्न गर्ने र स्थानीय स्तरका पोषिला खानेकुराहरुको उपभोग वृद्धि गराउन आवश्यक शिक्षा,प्ररामर्श दिइने व्यवस्था मिलार्इने छ ।
– स्वास्थ्य आमा समुहलार्इ सुदृढीकरण गरिने कार्यक्रम राखीने छ।
– समयानुकुल आइपर्ने रोगहरुको रोकथाम गर्न तथा सामना गर्न आवश्यक तयारी गरीने छ। महामारीको पुर्व तयारी तथा व्यवस्थापनका लागी प्रतिकारी योजना बनाउन आवश्यक बजेटको व्यवस्थापन गरीने छ।
– म स्वस्थ मेरो गाउँपालिका स्वस्थ जस्ता कार्यक्रमहरु तथा स्वास्थ्य कार्यालयसँगको समन्वयमा सञ्चालन हुने सम्पूर्ण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
– विभिन्न वडामा माग र आवश्यकताका आधारमा समय समयमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गरिनेछ।स्वास्थ्य क्षेत्रमा क्रियासिल गैरसरकारी संघ संस्थासँग आवश्यक साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।
– क्यान्सर, मृगौला रोग जस्ता भयानक रोग र दिर्घरोगीका लागि विरामीको आर्थिक अवस्था हेरी सामान्य राहत सहयोगको ब्यवस्था मिलाइनेछ ।
– आगामी तीनवर्षभित्र गाउँपालीका भित्रका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिनेछ। स्वास्थ्यबिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गरिनेछ।
– क्यान्सर, मुटु, मृगौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरीपार्किन्सन, अल्जाइमर र हेड इन्जुरीको उपचारको लागि अति विपन्न बिरामी नागरिकलाई आर्थिक सहयोग गर्ने नीतिलाई निरन्तरतादिइनेछ। आर्थिक अभावका कारण स्वास्थ्य उपचार सेवा पाउननसकेका अपाङ्ग, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठनागरिक र विपन्न वर्गको उपचारको लागि प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिइनेछ।
– आयर्वेुद तथा प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक चिकित्सा सेवालाई समय सापेक्ष र प्रभावकारी बनाइनेछ।प्रदेश सरकारवाट गाउँपालिकामा स्थापना भएको आयर्वेुद औषधालयलार्इ पहुँचयोग्य वनाइनेछ ।
ग।खानेपानी तथा सरसफाईः(
– गाउँपालिका भित्रका सवै वस्तीहरुमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउन सञ्चालनमा रहेका खानेपानीको श्रोत संरक्षण गर्दै मर्मत संभारको कार्यलाई निरन्तरता दिईनेछ । खानेपानीको असुविधा भएका क्षेत्र नाग्लिवाङको लुप्राङ् लगायत अन्य स्थानहरुमा नयाँ र ठूला खानेपानी आयोजनाहरु सञ्चालन गर्नका लागि संघ सरकार र प्रदेश सरकारसंगको सहकार्यलाई निरन्तरता दिईनेछ ।
– खानेपानी उपभोक्ता संस्थाहरुलाई गाँउपालिका मातहत ल्याई व्यवस्थापन गरिनेछ । गाँउपालिका भित्र सुपथ रुपमा खानेपानीको आपूर्ति गर्नका लागि सरोकारवालासंगको छलफलमा खानेपानीको महशुल निर्धारण गरिनेछ ।
– घर एवं विद्यालयमा सावुनपानीले हातधुने र खानेपानीको शुद्धीकरण गरेर मात्र पिउने वानि वसाल्नका लागि चेतनामुलक कार्यक्रम संचालन गरिनेछ । पानीको शुद्धता मापन गरी स्वच्छता कायम गर्न
नियमित पानीको जाँच गरीने छ ।
– एक घर एक धाराको नीतिलाई क्रमश विस्तार गर्दै जाने नीति लिइनेछ ।

घ.लक्षित कार्यक्रमः
– गाउँपालिका क्षेत्रमा सामाजिक सांस्कृतिक तथा आर्थिकरुपले पछि परेका दलित, अपाङ्ग, महिला लगायत लक्षित वर्गका लागि शिक्षा, स्वास्थ्य, लगायत आधारभूत कुराहरुमा पहुँच बढाइ उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि आगामी आ।व।मा क्षमता विकास तथा ससक्तिकरणका कार्यक्रमहरु ल्याइनेछ ।
– गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम मार्फत सवै वडाहरुको विपन्न वर्गको पहिचान गरी लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– गाउँपालिकास्तरिय बस्तुगत विवरणको तथ्याङ्कका आधारमा सकरात्मक विभेद नीतिलाई अबलम्वन गरी श्रोत परिचालन गरिनेछ ।
– आगामी आ।व। मा गाउँपालिकाका वडाहरुलाई क्रमशः लैङ्गिक हिंसा र जातिय विभेद मुक्त वडा घोषणा गर्न पहल गरिनेछ । लैङ्गिक हिंसा र जातिय विभेदलाई निरुत्साहित गर्नका लागि जिल्ला प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै लैङ्गिक तथा जातिय मुद्दामा सुन्य सहनशिलताको नीति लिईनेछ ।
– अवको विकास अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउनेतर्फ नीति अङ्गिकार गरिनेछ । अपांङ्गता भएका बालवालिकाको सहजताका लागि विद्यालयहरुलाई अपाङ्गमैत्री बनाउने अभियान सञ्चालन गरिने छ । साथै आदिवासी जनजातिहरुलाई समेत विकासको मुलधारमा ल्याउन विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था मिलाउन पहल गरिनेछ ।
– लैंङ्गिकता, भौगोलिक विकटता, अपाङ्गता, जनजाती, बालबालिका तथा बृद्धवृद्धाहरु र विकासको मूलधारबाट पछि परेका वर्गहरुको पहिचान गरी र उनीहरुको वास्तविक आवश्यकता सम्वोधन हुने खालका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– दलित समुदायलाई मुलधारमा समाहित गर्नको लागि हरेक अवसरमा विषेश व्यवस्था गरिने छ। व्यवसायीक नौमती वाजा र आरान पेशालाई आवश्यकताका आधारमा प्रोत्साहन गर्दै लगिनेछ ।
– गाउँपालिकाभित्र गठित गैर–सरकारी संस्थाहरु, युवाक्लव, आमा समुह, स्वयंसेवी समूह तथा सामुदायिक संस्थाहरुलाई गाउँपालिकाद्धारा सम्पादन हुने कार्यक्रम, अभियान तथा सेवा प्रवाहमा साझेदार संस्थाका रुपमा अंगिकार गरिनेछ ।
– हरेक कार्यक्रमलाई अपाङ्गर असक्त मैत्री बनाइने छ। हरेक सार्वजनिक क्षेत्रमा अपाङ्गरअसक्त व्यक्तिलाई विशेष प्राथमिकता दिइने छ। अपाङ्गरअसक्त व्यक्तिलाई आधारभुत आवश्यकता परिपुर्ती गर्ने कार्यमा गाउँपालिकाबाट विशेष पहलकदमी लिइने छ।

ङ.सामाजिक सुरक्षाः
– नेपाल सरकार मार्फत सञ्चालन हुने सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत समाजिक सुरक्षा भत्तापाउने लाभग्राहीहरुको अभिलेख अनलाइन अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षा रकम समयमा नै प्राप्त गर्ने तर्फ विशेष पहल गरिनेछ ।
– जेष्ठ नागरिक, दलित अपाङ्ग, असहाय दलित वालवालिकाहरुको सामाजिक सुरक्षा भत्ता वितरणको कार्यलाई प्राथमिकतामा राखी वैक मार्फत समयमै भत्ता वितरणको कार्यलाई गाउँपालिकाले विशेष प्राथमिकता दिनेछ।
– अति अशक्त नागरिकहरुलाई जिविकोपार्जनका लागि विशेष राहत, सहुलियत उपलब्ध गराईनेछ ।
– सामाजिक सुरक्षा भत्ता वितरणका लागि वैंक संग गरिदै आएको सहकार्यलाई निरन्तरता दिई छिटो, छरितो, सजिलो र पारदर्शि ढंगले भत्ता वितरण गर्ने ब्यवस्था मिलाईनेछ । वैक सम्म पुग्न नसक्ने अति असक्त लाभग्राहीहरुको भत्ता गाउमै पुगी वैंक मार्फत वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– सामाजिक सुरक्षा कार्यक्रम भएकोले लाभग्राहीहरुको विवरण

च.रोजगारी सिर्जनाः
– वेरोजगारी समस्या समाधान गर्नका लागि गाँउपालिका भित्र रहेका वेरोजगार तथा अर्धवेरोजगार युवा(युवतीहरुलाई सिलाईबुनाई, इलेक्ट्रीसीयन, मेकानिकल, ड्राइभिङ तालिम, सामुहिक तरकारी उत्पादन र पशु तथा कृषि तालिम तथा लघु उद्यम सम्वन्धी विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गरिनेछ । सोका लागि सि।टि।इ।भि।टी लगायत सम्वन्धित निकायसँग समन्वय गरिने छ ।
ड्ड प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझै प्रभावकारी बनाउदै गाउँपालिकामा उपलब्ध जनशक्तिको क्षमता हेरी गाँउपालिकावाट कार्यान्वयन गरीने योजनाहरुमा रोजगारीका अवसर सिर्जना गरिनेछ।
●निर्माण व्यवसायीबाट सम्पन्न गरिने सार्वजनिक निर्माण कार्यमा रोजगार सेवा केन्द्रमा सुचीकृत बेरोजगारलाई प्राथमिकता दिनुपर्ने प्रचलित कानूनको कार्यान्वयनमा उचित व्यवस्था गरिनेछ
●स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा उपयोग गरी रोजगार सेवा केन्द्र र विभिन्न रोजगार प्रदायक संघ संस्था, वित्तीय संस्था, गैर सरकारी संस्था तथा सरोकारवाला निकाय विच समन्वय गराई सार्वजनिक पूर्वाधार निर्माण, कृषि उत्पादन, उद्योग, कलकारखाना, वित्तीय क्रियाकलाप, सामाजिक विकास आदिको क्षेत्रमा रोजगारीको सिर्जना गरिनेछ
●युवा तथा बेरोजगारहरुलाई प्राथमिकतामा राखी दिगो रुपमा कृषि उत्पादन, उद्यम विकास तथा स्वरोजगारमुलक कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
ड्ड वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमै रोजगारी सिर्जना गर्न अभिप्रेरीत गरिनेछ । वैदेशिक रोजगारीवाट स्वदेश फर्किएका र वेरोजगार वनेकाको तथ्यांक संकलन गरी युवाहरुलाई उनिहरुले हासिल गरेको ज्ञान, सिप र अनुभवलाई स्वदेशमा प्रयोग गरी स्वरोजगार बन्न सक्ने वातावरण मिलाउन मार्गप्रशस्त गरिनेछ ।
– युवा लक्षित योग तथा शारिरीक तन्दुरुस्ती कार्यक्रमरअभियान सञ्चालन गरिने छ ।

छ.सूचना र संचारः
– गाउँकार्यपालिका वैठकका निर्णयहरु, विभिन्न प्रकाशन, प्रगति समिक्षा विवरणरप्रतिवेदन, दैनिक रुपमा सम्पादितमहत्वपूर्ण काम तथा सेवा प्रवाहलाई कार्यालयको सूचनापाटी, वेबसार्इट वाआधिकारिक सामाजिक सञ्जालवाटदैनिक रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइने छ। जनसरोकारका विषयहरुको छलफललार्इ जनताको पहुँचसम्म पुर्याउन आवश्यकता अनुसार कार्यपालिका वैठकको प्रत्यक्ष प्रसारणको ब्यवस्था मिलाइनेछ ।
– गाँउपालिकाको गतिविधिहरु नागरिकहरुलाई सूसूचित गर्न स्थानीय सञ्चारका माध्यमहरुः विभिन्न पत्रपत्रिका, एफ।एम रेडियो लगायत अनलाइन मिडियासँगको सहकार्यलाई निरन्तरता दिईनेछ ।
– लोक कल्याणकारी विज्ञापनरसूचनाहरुको प्रसारणका लागि संचार गृहलाई एकिकृत रुपमा सञ्चालन गर्ने नीति लिइनेछ ।
– गाउँपालिकामा ईन्टरनेट सहितको गुणस्तरिय सूचना प्रविधिको विकास र विस्तार गरी सवै वडा कार्यालयवाट समेत अनलाईन सेवा सञ्चालनलाई निरन्तरता दिइने छ ।
– नेपाल टेलिकम तथा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीसंग समन्वय गरी सवै वडाहरुमा इन्टरनेट सेवाको विस्तार गरिने छ।
– परंपरागत सञ्चार माध्यमको रुपमा कायम रहेको कटुवाल प्रथालाई आधुनिक प्रविधिको माध्यमवाट व्यवस्थित र प्रभावकारी बनाईनेछ। कटुवालहरुलाई पारिश्रमिकको रुपमा दिईदै आएको सहयोगलाई निरन्तरता दिईनेछ ।

घ. पूर्वाधार विकासः
– गाउँपालिका केन्द्रदेखि सवै वडा जोड्ने सडकहरु तथा अन्तरवडा जोड्ने सडकहरु समेत वाह्रै महिना सञ्चालन हुनेगरी स्तरोन्नती गरिनेछ।स्थानीय श्रोतवाट संवोधन हुन नसक्ने योजनाहरुमा संघ तथा प्रदेश सरकरसँग बजेट तथा कार्यक्रमका लागि पहल गरिनेछ ।
– गाँउपालिकामा रहेको जिर्ण झोलुङगे पुलहरुको स्तरोन्नती एवं आवश्यक स्थानमा नयाँ झोलुङगे पुल एवं मोटरेवल पुल निमार्णका लागि संघ सरकार र प्रदेश सरकारसँग सहकार्यको पहल गरिनेछ ।
– सडक, खानेपानी, सिंचाई, विद्युत लगायतका पूर्वाधारहरुको विकास र विस्तार गरी नागरिकहरुको पहुँचमा बृद्धि गरिनेछ ।
–पुर्वाधार विकासका क्रममा संघ सरकार र प्रदेश सरकारवाट तर्जुमा भएका मापदण्डको प्रभावकारीरुपले कार्यान्वयन गरिनेछ । यसै सन्दर्भमा जलजला गाउँपालिका वस्ती विकास मापदण्ड ऐन, २०७६ र गाउँ विकास कोष स्थापना तथा सञ्चालन सम्वन्धी कार्यविधि, २०७६ लगायत प्रचलित कानूनको पूर्ण कार्यान्वनमा जोड दिइनेछ ।
– पुर्वाधारहरुको स्तरोन्नती एवं विकास गर्न आन्तरिक श्रोत र साधनले समेट्न नसक्ने प्रकृतिका योजनाहरु सञ्चालनका लागि संघ सरकार र प्रदेश सरकारको तहमा पहल गरिनेछ ।
– संघ सरकार र प्रदेश सरकारवाट सञ्चालन हुने योजनाहरुलाई समन्वयात्मक रुपमा कार्यान्वयन गरिनेछ । संघीय सरकार तथा प्रदेश सरकारको प्राथमिकतामा नपरेका योजनाहरुलाई आवश्यकताका आधार सम्वोधन गर्दै जाने नीति लिइनेछ ।
– विकास योजनाको कार्यान्वयनको हालसम्मको अवस्थालाई विचार गरी उपभोक्ताहरु प्रत्यक्ष संलग्न हुने खालका योजनाहरु उपभोक्ता समिति मार्फत कार्यान्वयन गरि मर्मत संभारका लागि समेत उपभोक्ता समितिलाई जिम्मेवार बनाईनेछ। योजना निर्माणका सवै चरणमा जनसहभागीतालाई जोड दिदै आगामी आ।व। देखी विगतका कमिकमजोरीलाई हटाउदै श्रम सहभागीतालाई अनिवार्य गरिनेछ ।संझौता अवधि भित्र छिटो छरितो र गुणस्तर कायम गरी योजना सम्पन्न गर्ने उपभोक्ता समिति वा निर्माण कम्पनीलार्इ पुरस्कृत गरिने तथा संझौता उल्लङ्घन गर्ने उपर कानून अनुसार कारवाहीको प्रकृया अगाडि बढाउने नीति लिइनेछ ।
– अत्यावश्यक परिस्थिति बाहेकनयाँ सडक निर्माणलाई निरुत्साहित गरि यस अघि नै निर्माण भएका सडकहरुलाई स्तरोन्नती गर्ने नीति लिइने छ ।
– योजना संचालन गर्नु जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरुलाई कार्यक्रम संचालन सम्बन्धमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने नीति लिइने छ ।
– योजनाको छनोट गर्दा दीर्घकालिन, मध्यकालिन र अल्पकालिन योजनाहरुको बर्गीकरण गरिने नीति लिइने छ । टोल वस्तीबाट माग भै आएका योजनाहरुलार्इ प्राथमिकता दिइने छ ।
– योजनाहरु छनोट गर्दा स्थानीय स्तरमा रोजगार सिर्जना हुने र आयमूलक तथा उत्पादकत्वमा सहयोग पुग्ने खालको योजनाहरुलाई प्राथमिकता दिइने छ ।
– ठुला प्रकृतिका योजनाहरु ठेक्का प्रकृया र साना प्रकृतिका योजनाहरुलाई स्थानीय उपभोक्ताहरुबाट सम्बन्धित उपभोक्ताहरुको जनसहभागितामा संचालन गर्ने नीति लिइने छ ।
४. वन, वातावरण तथा विपद् व्यवस्थापनः
क. वन तथा वातावरणः
– डिभिजन वन कार्यालयसँगको समन्वयमा स्थानीय जनजीवनमा योगदान पुग्ने र आन्तरिक आय वृद्धि गर्नका लागि वन क्षेत्रको योगदान बढाउन गैरकाष्ठ वन पैदावरको पहिचान तथा परिचालन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिइनेछ । पहिरोको जोखिम रहेका र खाली वन क्षेत्रमा वृक्षरोपण गरिनेछ ।
– गाउँपालिका भित्रका सामुदायिक वनहरुसँग समन्वय गरी वनस्रोतको प्रवर्द्धन र आय आर्जन बढाउने खालका कार्यक्रम सञ्चालन गरी सो वापतको आम्दानीको नियमानुसार तोकिएको हिस्सा गाउँपालिकामा आम्दानी वाधिने छ ।
– भूक्षय, तथा वाढी पहिरो नियन्त्रण तथा रोकथामका लागिप्रदेश सरकार अन्तर्गतका कार्यालयसँग समन्वय गरि कार्यक्रम सञ्चालन गरिनेछ । योजना कार्यान्वयनको क्रममा सम्भावित भू(क्षय तथा बाढी पहिरोको जोखिमलार्इ न्यूनिकरण गर्न नियमानुसार वातावरणिय प्रभाव मूल्याङ्कन अनिवार्य गरी ठूला प्रकृतिका यात्रिक उपकरणहरुको प्रयोगलार्इ निरुत्साहित गर्ने नीति लिइने छ ।
– धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्व बोकेका वर, पिपल र समीको चौतारी तथा पानी पोखरीहरुको संरक्षण तथा जिणोद्धार गरिने छ ।जसवाट पर्यावरणिय सन्तुलन कायम गर्न र आगलागी जस्ता घटनाहरुको न्यूनिकरण र उद्धार गर्ने नीति लिइनेछ ।

ख. फोहोरमैला व्यवस्थापनः
– बढ्दो सहरीकरण सँगै फोहोरमैला व्यवस्थापन गर्ने कार्य चुनौतीपुर्ण बन्दै गएको हुँदा वाक्लो वस्ती रहेका स्थानहरुः वगरफाँट, वारीवेनी, मल्लाज, लामाखेत,मिलनचोक, मोहनचोक, लस्ती, फोर्से हुँदै खनियाँघाट क्षेत्रबाट संकलित फोहोरमैलालाई उचित ल्यान्डफिल साइट को व्यवस्था गरि सामुदायिक निजी एवं सहकारी क्षेत्रसंगको सहकार्यमा फोहोरमैला व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाइने छ ।
– गाउँ, टोल तथा वस्ती, पार्क उद्यान, विद्यालय लगायतका सार्वजनिक स्थलहरुमा फोहोर संकलन गर्ने टोकरीको व्यवस्था गरी घर परिवार देखि नै कुहिने र नकुहिने ठोस फोहोरमैलालाई अलग्गै राखी कुहीने फोहोरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गर्न र नकुहिने फोहोर छुट्टै तरिकाले ब्यबस्थापन गर्नुका साथै सरसफाईमा ध्यान दिने संस्कारको विकास गर्ने खालका कार्यक्रम अघि सारिनेछ ।

ग.विपद व्यवस्थापनः
– जुनसुकै वेला आइपर्न सक्ने प्राकृतिक प्रकोप लगायत सवै खालका विपदवाट उद्धार, राहत तथा पुनस्थापनाका लागि स्थापित प्रकोप व्यवस्थापन कोषमा यथोचित रकमको ब्यवस्था गरी विपद् ब्यवस्थापनको कार्यमा उक्त रकम खर्च गरिनेछ ।
– विपद् ब्यवस्थापनका लागि तत्काल उद्धार तथा प्रकोप नियन्त्रण गर्न मौजुदा उद्धार सामग्री तयारी अवस्थामा राख्नुको साथै थप उद्धार सामग्री खरिद एवं भण्डारणको व्यवस्था गरिनेछ ।
– विपदका समयमा तत्काल उद्धार गर्नका लागि गाउँपालिकामा एक आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरी नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल रेडक्रस लगायत स्थानीय स्तरका स्वयंसेवी समूहहरु,सामुदायिक संस्था तथा सरोकारवाला निकायहरुसंगको सहकार्यमा विपद उद्धार केन्द्र निर्माण गरी विपद् ब्यवस्थापनको कार्य प्रभावकारी बनाईनेछ ।
– विपद पछिको राहत वितरणको कार्यमा पारदर्शीता र एकरुपताको लागि एकद्वार नीति अवलम्बन गरिने छ ।
– ३३ के।भि।एतथा ११ के।भि।ए। प्रसारण लाइनवाट जोखिममा परेका वस्ती तथा संरचनालाई उचित ब्यवस्थापन गर्न पहल गरिनेछ ।

५. संस्थागत विकास तथा सुशासनः
– गाँउपालिका कार्यालय, वडा कार्यालयका तथा स्वास्थ्य संस्थाहरुका लागि आवश्यक भवन निमार्णका लागि उपयुक्त जग्गाको व्यवस्थापन गरी भवन तथा पुर्वाधार निमार्णका लागि पहल गरिनेछ ।आगामी वर्ष संघीय सरकारसँगको समपुरक लागत साझेदारीमा वडा कार्यालय भवन निर्माण प्रकृया शुरु गरिनेछ ।
– गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुका लागि आवश्यक फर्निचर तथा औजार र उपकरण खरिद गरी सुविधासम्पन्न गराउँदै सेवा प्रवाहलाई सहज, प्रभावकारी, गुणस्तरियतथा प्रविधिमैत्री बनाउँदै लगिनेछ ।
– गाउँपालिका तथा मातहत कार्यालयहरुमार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सूचनाको हकको प्रत्याभूति,पारदर्शिता,जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरुमार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।
– सेवा प्रवाहमा चुस्त दुरुस्त कायम गर्न एकिकृत नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याई सेवाग्राहीलाई एकै ठाउँबाट सम्पूर्ण प्रक्रिया पुरा गरि सेवा प्रदान गर्ने नीति अवलम्बन गरिने छ ।
– कानूनको परिधिमा रही सेवा प्रदायकवाट गाउँपालिकावासीको समिपमा रहि, जन सेवाको भाव जागाउने र गाउँपालिकाका निर्णयहरुलाई अक्षरसः कार्यान्वयनमा ल्याउनका लागि तत्पर हुने अवस्थाको सिर्जना हुने वातावरण मिलाइनेछ ।
– योजना सम्झौता एवं फरफारकका कामलाई चुस्त दुरुस्त वनाउनका लागि योजना सफट्वयर निमार्ण गरी अनलाईन सफट्वयर मार्फत नै योजना सम्झौता गर्ने व्यवस्था मिलाइनेछ ।
– वडा कार्यालयवाटै अनलाइन सफटवेयर मार्फत सम्पत्ती तथा भूमिकर असुल गर्ने ब्यवस्था मिलाइनेछ ।
– सार्वजनिक खर्च ब्यवस्थापनको कार्यलाई मितब्ययी र प्रभावकारी बनाउन प्रथम चौमासिकमा ३० प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र अन्तिम चौमासिकमा ४० प्रतिशत खर्च गर्ने गरी ब्यवस्थालाई निरन्तरता दिइनेछ ।
– सुशासन प्रवर्द्धनको लागि चौमासिक रुपमा गाउँपालिकाको प्रगति प्रतिवेदन तयार गरी आम सञ्चारको माध्यम तथा पालिकाको सामाजिक सञ्जाल एवं वेवसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइने छ ।
– गाँउपालिकाले लागु गरेका ऐन, कानुनहरुको पालनामा जोड दिइनेछ । कानुनवमोजिम लागू गरिएका ऐन, नियम एवं अन्य प्रावधानहरुको कार्यान्वयनमा अवरोध खडा गर्ने जोसुकैलाई कानुनवमोजिम दायित्व वहन गराइनेछ ।
सार्वजनिक प्रशासनलाई पारदर्शी, जवाफदेही, सहभागितामूलक रनागरिकमैत्री बनाउन तथा विधिको शासन, भ्रष्टाचारमुक्त र चुस्तप्रशासन, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र सार्वजनिकस्रोतको कुशल व्यवस्थापनका माध्यमबाट सुशासन प्रवर्द्धन गरीगाउँपालीकावाट प्रवाह हुने सेवा सुविधामा नागरिकको समानर सहज पहुँच पुर्याउनेगरिनेछ।
– ११४। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरीसार्वजनिक प्रशासनमा सदाचार र इमान्दारी प्रवर्द्धन गर्दै ुभ्रष्टाचारगर्दिन स् गर्न पनि दिन्नु अभियानलाई निरन्तरता दिइनेछ।सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, मितव्ययी, पारदर्शी रप्रभावकारी बनाई जलजला गाउँपालिकालाई डिजिटल गाउँपालीकाको रुपमा विकासगर्न विद्युतिय सुशासन गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमाल्याइनेछ।
– ११५राष्ट्रसेवकको मनोबल उच्च राखी सार्वजनिक सेवा प्रवाहलाईगुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन प्रोत्साहनका कार्यक्रमसञ्चालनगरिनेछ। सेवा निवृत्तकर्मचारीको अनुभव लाईगाउँपालीकाको विकासमा उपयोग गर्ने नीति लिइनेछ।

६. कर्मचारी प्रशासनः
– गाँउपालिकामा कार्यरत कर्मचारीहरुलाई कार्यविवरण दिई उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रोत्साहित गरिनेछ ।
– संगठन तथा ब्यवस्थापन सर्भेक्षणका आधारमा उपयूक्त संगठन संरचना तयार गरी जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास सम्वन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
– कर्मचारीहरुको खटनपटन, क्षमता विकासको अवसर र अन्य सेवा सुविधालाई कार्यसम्पादनका आधारमा निर्धारण गर्ने संस्कारको विकास गरिनेछ ।
– परामर्श सेवा तथा सेवा करारका कर्मचारीहरुलाई कार्यालयको दरवन्दी अनुसार आवश्यकताका आधारमा, कर्मचारीको कार्यसम्पादनस्तर हेरेर संझौता नविकरण तथा नयाँ भर्ना गर्ने तथा अनावश्यक र दरवन्दी नभएका कर्मचारीलाई हटाउने नीति लिइनेछ ।
– कर्मचारीहरुको कार्यक्षमता तथा मनोवल बढाउन तथा कामप्रति उत्प्रेरित गराउन क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
– नगर प्रहरी नियूक्ती खटनपटन तथा परिचालनका लागि आवश्यक नीतिगत तथा संस्थागत ब्यवस्था गरिनेछ ।
– कार्यालयको क्षमता अनुसारका न्यूनतम सुविधा तथा सवारी साधन उपलव्ध गराउनका लागि मौजुदा सवारी साधनलाई व्यवस्थापन गरी आवश्यकताका आधारमा थप गर्दै लगिनेछ ।

७. विविधः
– गाउँपालिकालाई आर्थिक रुपमा सवल र सक्षम बनाउनका लागि कानून बमोजिम, आफ्नो अधिकार क्षेत्रभित्र उपलब्ध स्थानिय स्रोत र साधनको परिचालन गरी कर संकलन गर्न र करका संभावित क्षेत्रहरुको पहिचान गरी वैज्ञानिक कर प्रणालीको माध्यमवाट आन्तरिक आय संकलनको प्रकृयालाई थप ब्यवस्थित र प्रभावकारी बनाईनेछ । सरोकारवालाहरुसँग समन्वय गरी करको दायरा बढाइ करको दरमा पुनरावलोकन गर्दै जाने निति अवलम्वन गरीने छ ।
– पर्यटकीय क्षेत्रको विकासको लागि निजी क्षेत्रको लगानी आर्कर्षित गर्न सम्वन्धित वन उपभोक्ता समिति तथा स्थानीयसँग समन्वय गरी जलजला क्षेत्र तथा फलामेडाडा लगायत अन्य संभावित क्षेत्रको पहिचान गरी जग्गा लिजमा दिने नीति लिइनेछ ।
– परंपरागत संस्कृतिको जातजातीगत सिप र प्रविधिको विकासमा विशेष जोड दिइनेछ । हरेक वडामा रहेका परम्परागत व्यवसायहरु जस्तै नौमती बाजा, आरान, सिलाइ वुनाइव्यवसायलाइ प्रवर्दन गरिनेछ ।
– गाँउपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको नापजाँच गरी सीमा छुट्याई संरक्षण र उपयोगलाई व्यवस्थित गरीनेछ । सार्वजनिक जग्गा मिच्ने व्यक्ति तथा संस्थाहरुलाई कानुन बमोजिम कारवाही गरिनेछ ।
– नदिजन्य पदार्थः ढुँगा, गिटि, वालुवा उत्खनन एवं सकलनका सन्दर्भमा देखिएको कानूनि समस्याहरुलाई समाधान गर्नका लागि सरोकारवाला निकायसँगको समन्वयत्मक पहलगरिनेछ ।
– जलजला गाँउपालिकामा जन्म भई स्वदेश तथा विदेशमा ख्याती प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सम्मान गरिनेछ । जलजला गाँउपालिका वाट वसाइसराइ गएकाहरुलाई फर्कीन चाहेमा विशेष सहयोग गरिनेछ । राष्ट्र र समाजका लागि महत्वपूर्ण योगदान पुर्याउने लोकप्रिय र ख्यातीप्राप्त व्यक्तित्वहरुको सम्झनामा शालिक, उद्यान तथा प्रतिक्षालय निमार्ण गर्न कार्यलाई निरन्तरता दिईनेछ ।
– गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने जलविद्युत लगायत पूर्वाधार आयोजनाहरुसँग समन्वय गरी जललजावासीको हित कायम हुनेगरी आयोजना कार्यान्वयन गर्न सहजीकरण गरिनेछ ।
– दलित सुकुम्वासी भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित वसोवासी नागरिकहरुको लागि जग्ग व्यवस्थापन गर्न भूमी आयोगसँगको समन्वयमा पहल गरिनेछ।
– तिन वटै तहको सरकारवाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालय, कार्यालय तथा निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ । गाउँपालिकासँगको सहकार्य विना सञ्चालित अनुदान लगायतका कार्यक्रमहरुमा दोहोरोपना पर्न जाने भएकोले समन्वय गर्ने परिपाटीमा थप जोड दिइनेछ ।
– सेवा प्रवाह एवं सुचना संप्रेषणका लागि सहयोग गर्ने पत्रकार, सञ्चार क्षेत्र, सुरक्षाकर्मीको संस्थागत क्षमता विकासका लागि पहल गरिनेछ ।
– यस गाउँपालिकाका जनप्रतिनिधि, पदाधिकारी र कर्मचारीकालागि क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्य स्थानीय तहमा कानून तथा योजना तर्जुमा, स्थानीय सरकारसञ्चालन, मानव अधिकार तथा कानूनी सचेतना र न्यायिकसमितिको क्षमता अभिवद्धिृ र मेलमिलापका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
– जलजला गउँपालीकाको विकासका समस्या समाधान गर्नगठन गरिने गाउँपालिका विकास समस्या समाधान समितिलाई प्रभावकारीबनाइनेछ। गाउँपलीकाको समन्वय समीती गउँपालीकास्तरीय सहजीकरण समिति, स्थानीय तहमा कानूनतर्जुमा सहजीकरण समिति र स्थानीय तहमा योजना तर्जुमा सहजीकरण समितिलाई प्रभावकारी बनाई प्रदेश र स्थानीयतहबीचको समन्वयलाई मजबुत बनाइनेछ।
– जलजला गउँसभा, विषयगत समिति तथा समितीको कार्यलयलाई स्रोत साधनसम्पन्न र प्रविधिमैत्री बनाइनेछ। कानून निर्माण प्रक्रियालाईछिटो छरितो र गुणसतरयुक्त बनाउने तथा सरोकारवालासँगंपरामर्श गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ।
– विपद जोखिमका क्षेत्रको पहिचान तथा नक्शाङ्कन गरी विपद्पूर्व सूचना प्रणालीको स्थापना र विकास गरिनेछ। गाउँपालीका विपद्कोषलाई विस्तार गरी विपद्को समयमा खोज, उद्धार, राहत तथापनुर्स्थापना गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ।
– ुविपद् व्यवस्थापनसबैको साझा जिम्मेवारीु अभियान सञ्चालनगरिनेछ। विपद् व्यवस्थापनका सेवालाई प्रभावकारी बनाउननेपाल सरकार तथा प्रदेश सरकार र अन्य संघसंस्थाबीच समन्वयगरिनेछ।
– गाउँपालीका क्षेत्रभीत्र शान्ति र व्यवस्था सुदृढ गर्न नीतिगत, कानूनी तथा संरचनागत व्यवस्था गरिनेछ।
– युवा लाई असल र जिम्मेवार नागरिक बनाउन नैतिक शिक्षा, लागू पदार्थ दुर्व्यसन निराकरण, विद्युतिय अपराध नियन्त्रण रट्राफिक चेतना कार्यक्रमलाई जलजला समाज स् सभ्य समाजु अभियानका रुपमा सञ्चालनगरिनेछ।
– ऐतिहासिक जनआन्दोलन, लगायत विभिन्न आन्दोलनकाघाइतेको उपचारको व्यवस्था मिलाइनेछ। शहीद, घाइते, द्वन्द्वपीडित तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई लक्षित गरीउद्यमशीलता, क्षमता तथा सीप विकासका विशेष कार्यक्रमसञ्चालनगरिनेछ।
– सूचनाको संकलन, प्रशोधनतथा प्रसारण गरी नागरिकको सूचनाकोहकलाई सुनिश्चित गर्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिृ काकार्यक्रम सञ्चालन गरिनेछ।
– गउँपालिकाबाट भएका विकास निर्माण कार्यको प्रभावकारीअनुगमन गर्न जिल्ला समन्वय समितिलाई आवश्यक सहयोगगरिनेछ।
ुसमुन्नत जलजला, सम्मानित जलजलाबासी बनाउने जलजला गाउँपालिकाको दीर्घकालीन लक्ष्य प्राप्ति गर्न प्रस्तुत नीति तथा कार्यक्रमको महत्त्वपूर्ण योगदान रहने बिश्वास लिएको छु। सबल र समृद्ध जलजला निर्माणमा साथ दिनहुने सम्पूर्ण जलजला गाँउपालिका वासी दिदिवहिनी तथा दाजुभाइहरु, नेपाल सरकार, प्रदेशसरकार जिल्ला समन्वय समितीगाउँसभाका सदस्यहरू, राजनीतिक दल, विकास साझेदार संस्था, निजी क्षेत्र, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरुक्षाकर्मी, नागरिक समाजतथा गैरसरकारी संघसंस्था र शुभचिन्तकप्रति हार्दिक आभार प्रकट गर्दै आगामीदिनमा यहाँहरूको सक्रिय सहयोगको अपेक्षा गर्दछु।गाउँपालिकाको वार्षिक नीति र कार्यक्रमहरु तर्जुमा एवं गाउँसभाको तयारीको क्रममा विभिन्न चरणमा आफ्नो अमूल्य सुझाव र सहयोग सहित सहभागी हुनु भएका उपाध्यक्षज्यू, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, सम्पूर्ण वडाध्यक्षहरु गाउँकार्यपालिकाका सदस्यहरु गाँउसभा सदस्यहरु, विषयगत समितिका संयोजक तथा सदस्यहरु,वडा सचिव लगायत गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु, शिक्षकलगायत अन्य सम्पूर्ण सरोकारवालाहरुमा समेत हार्दिक आभार व्यक्त गर्दै यस सभालार्इ समारोहलाई सफलता पूर्वक सम्पन्न गर्ने समयसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु तथा पदाधिकारीहरुको योगदानको उच्च मुल्यांकन गर्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु । अन्त्यमा, यस गाउँ सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम माथी छलफल गरी यहाँहरुवाट प्राप्तहुने महत्वपूर्ण सुझाव र सल्लाहलाई आत्मसाथ गर्ने वाचा गर्दै यहाँहरु सवैको सहयोगको अपेक्षाका साथ विदा हुने अनुमति चाहन्छु ।
धन्यवाद

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!