आज कुकुर तिहार मनाईँदै - News site from Nepal
आज कुकुर तिहार मनाईँदै

काठमाडौं : कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुरतिहार। सोमबार कुकुरको पूजा गर्ने दिन। यो दिन कुकरको पूजा गरी खानेकुरा ख्वाउने परम्परा छ।

कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा यमलोक जाँदा यमराजको द्वारपालका रूपमा रहेका ‘श्याम’ र ‘सबल नामका दुई कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको धर्मशास्त्री डा. रामचन्द्र गौतम बताउँछन्।

मालिकप्रति सधैँ बफादार रहने, खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुरकै प्रयोग हुँदै आएको छ। बहुगुणी भएका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री गौतमको भनाइ छ।

नरके चतुर्दशी मनाइयो

कार्तिक कृष्ण चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने विधि छ। यस्तै ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पनि छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!