पर्वतको मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख - News site from Nepal
पर्वतको मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख

पर्वत – जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्षको लागि ७३ करोड ५२ लाख ५३ हजार ९ सय ४४ रुपैंयाको बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभा तथा अधिवेशनले उपाध्यक्ष बिमल लामिछानेद्धारा प्रस्तुत बजेट पारित गरेको हो ।

उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटमा कुल बजेट मध्ये ४८ करोड ६९ लाख रुपैया पुँजी गत बजेट रहेको छ भने चालु तर्फ २४ करोड ८३ लाख ५३ हजार ९ सय ४४ रुपैंया रहेको छ ।

यस अघि गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाको तर्फबाट आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले गाउँपालिकालाई सम्बृद्ध बनाउनका लागि कृषि, पशुपालन, स्वरोजगार तथा पूर्वाधार निर्माणमा जोड् दिइन् ।

गाउँपालिका भित्र कृषि एम्बुलेन्स सञ्चालन, अध्यक्षसंग सुत्केरी कार्यक्रम, सामुदायिक पुस्तकालय निर्माण, दिदिवहिनीसंग अध्यक्ष कार्यक्रम, युवासंग उपाध्यक्ष कार्यक्रम, सार्वजनिक नीति साझेदारीमा विद्युत उत्पादनका लागि प्रोत्साहन, काठेपोल विस्थापीत र फोहोरबाट आम्दानी जस्ता कार्यक्रमहरु अध्यक्ष शर्माले उल्लेख गरेकी छिन् ।
नीति तथा कार्यक्रम, बजेट गाउँ सभाले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!