पर्वत मुस्लिम सेवा समितिद्धारा पर्वत अस्पतालका अध्यक्ष गिरी सम्मानित - News site from Nepal

पर्वत- पर्वत मुस्लिम सेवा समितिद्धारा पर्वत अस्पतालका अध्यक्ष शंकर गिरी सम्मानित हुनुभएको छ ।
मुस्लिमहरुको पर्व बकर इदको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा अध्यक्ष गिरीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
जिल्ला अस्पताल पर्वतको अध्यक्ष भएर गुणस्तरीय उपचार सेवाका साथै गरिब, असहाय, विपन्न तथा समुदायवाट बञ्चितिमा परेका वर्गको उत्थानमा महत्वपुणर् भूमिका खेल्दै आएको भन्दै गिरीलाई सम्मान गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका गिरीले समस्त मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्र र आफु सधैं मुस्लिम समुदायको पक्षमा रहेको बताउँर्दै बर्तमन परिवर्तन माओवादी आन्दोलनको कारण आएको समेत आम जनसमुदाय जानकारी गराउनु भयो ।
उहाँले मुस्लिम समुदायका समस्याहरु समाधानमा आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले मुस्लिमहरुको पाठशाला मदरसा संचालनमा भएको कठिनाईलाई समाधान गर्न सम्वन्धित निकायमा पहल गरिने बताउनुभयो ।
पर्वत मुस्लिम सेवा समितिका अध्यक्ष जलालुदिन मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अस्कर अलिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!